शुक्रबार, भदौ ५, २०८३

कांग्रेस नेतृ संग्रौलाको पुस्तक सार्वजनिक

१४ औं महाधिवेशनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तद्वारा लिखित पुस्तक ‘कांग्रेसको अबको बाटो’ लोकार्पण भएको छ।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

काठमाडौं– १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तद्वारा लिखित पुस्तक ‘कांग्रेसको अबको बाटो’ लोकार्पण भएको छ। बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले संग्रौलाद्वारा लिखित पुस्तकको लोकार्पण गरेका हुन्।

पुस्तक लोकार्पणपछि उनले लेखक नेपाली कांग्रेसकी लोकप्रिय नेतृ भएको उल्लेख गर्दै पार्टीको महाधिवेशन आइरहेको बेलामा सो पुस्तकले महाधिवेशनका सहभागीहरुलाई पढेर लाभ लिने मौका मिल्ने बताए।

पुस्तक लेखक संग्रौलाले नेपाली कांग्रेसलाई आगामी दिनमा कसरी अगाडी बढाउनुपर्छ भन्ने सम्बन्धमा पार्टीभित्र र बाहिर व्यापक बहस सिर्जना गर्ने उद्देश्यले पुस्तक लेखेको बताइन्। उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल मर्ममा टेकेर कांग्रेसका कमी, कमजोरीहरुलाई केलाउँदै पुस्तक लेखेको पनि उल्लेख गरिन्। पार्टीको १४ औं महाधिवेशनमा यो पुस्तकलाई नै एजेण्डा बनाएर आफ्ना साथीहरु समक्ष लैजाने अठोट गरेको उनले बताइन्।

१३९ पृष्ठको पुस्तक संग्रौलाको सचिवालयले प्रकाशन गरेको हो। पुस्तकमा नेपाली कांग्रेसको संक्षिप्त इतिहास, नेपाली कांग्रेसको सैद्धान्तिक स्पष्टता, नेपाली कांग्रेसका उपलब्धिहरु, नेपाली कांग्रेसको अबको बाटो, राष्ट्रवादको कसीमा कांग्रेस, जनताले चाहेको अबको कांग्रेस, अमूल्य योगदानका अग्रजहरु र १४ औँ महाधिवेशनका एजेण्डाहरु गरी ८ वटा उपशिर्षकमा लेखहरु लेखिएका छन्।

प्रकाशित: Nov 24, 2021| 14:08 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...