काठमाडौं– सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले न्यायालयको समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन्। सुदूरपश्चिम प्रदेशको कैलाली पुगेका अध्यक्ष दाहलले सञ्चारकर्मीहरुको कुराकानीमा अदालतमा देखिएएको समस्या एक स्तरमाथि बढेर समाधान गर्न तयार रहेको बताए।
उनले न्यायालयको समस्यामा गठबन्धनका पाँच दल गम्भीर ध्यानाकर्षण भएको भन्दै दुई दिनको अवस्था हेरेर समस्या समाधान गर्ने बताए। अध्यक्ष दाहालले अदालतमा ठूलै समस्या हुन्छ भन्ने कतिपयले कल्पना गरेको भए पनि गठबन्धनलाई कुनै ठूलो समस्या सिर्जना हुन्छ भन्नेमा गठबन्धन नरहेको उनको भनाइ छ।
अध्यक्ष दाहालले भने, ‘मानिसले अन्तिममा गएर न्याय खोज्ने भनेको न्यायालयमा नै हो। तर अदालतभित्र अहिले जे समस्या देखिएको छ, त्यो पक्कै राम्रो होइन। त्यसकारण गठबन्धनका तर्फबाट पाँच वटै पार्टीको यसमा गम्भीर ध्यानाकर्षण भएको छ।’ उनले यस विषय सकेसम्म अदालत आफैंले सल्ट्याउन सकोस् भन्ने चाहेको बताए।
‘मलाई के विश्वास छ भने केही दिनमा यसले एउटा निकास पाउँछ, यसबाट ठूलै समस्या हुन्छ कि भन्ने कतिपयले कल्पना गरेका छन्, त्यस्तो हुन्छ भन्ने गठबन्धनलाई लागेको छैन।’
दहालले केही दिनमा यसले निकास पाउने बताए। उनले भने, ‘मलाई के विश्वास छ भने केही दिनमा यसले एउटा निकास पाउँछ, यसबाट ठूलै समस्या हुन्छ कि भन्ने कतिपयले कल्पना गरेका छन्, त्यस्तो हुन्छ भन्ने गठबन्धनलाई लागेको छैन।’
अध्यक्ष दाहालले पाँच दलीय समन्वय समिति पार्टीहरुबीचको सम्बन्ध सुदृढ बनाउनका लागि मात्र गठन भएको बताए। उनले गठबन्धनलाई अब आउने चुनावसम्म लैजाने दाबी गर्दै राष्ट्रियसभामा खाली रहेका १९ सिटको चुनाव मिलेर लड्ने पनि बताए। उनले भने, ‘अध्यक्ष दाहालले प्रतिनिधिसभाको उपचुनाव र प्रदेशसभाको उपचुनाव भयो भने पनि मिलेर प्रतिस्पर्धा गरिनेछ।’
देशमा तत्काल राजनीतिक अस्थिरता नहुने बताउँदै अध्यक्ष दाहालले विकास, शिक्षा, स्वास्थ्य, राजनीतिक नियुक्तिदेखि राजदूत नियुक्ति गर्नेसम्मका निर्णय सुदूरपश्चिमका मुख्यमन्त्री र पार्टी इन्चार्जहरुसँग छलफल गरेर मात्र अघि बढाउने बताए।
उहाँले सुदूरपश्चिम सरकार नढल्ने बताउनु भयो । अध्यक्ष दाहालले राष्ट्रिय सहमतिमा एमसीसी पास गरिने बताउनु भयो । उहाँले संघीय, प्रादेशिक र स्थानीय निर्वाचन एकै पटक गर्दा राष्ट्रको अर्बौं सम्पत्ति बच्ने भएकोले एकैपटक निर्वाचन गराउने बारेमा छलफल भइरहेको पनि दोहो¥याउनु भयो ।