बुधबार, भदौ ३, २०८३

कीर्तिपुरवासीले निःशुल्क रगत पाउने

यसका लागि कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीका बीच मंगलबार सम्झौता भएको छ। अब नगरवासीले रगत परीक्षण तथा रक्तथैलीका लागि पनि कुनै शुल्क तिर्नु पर्ने छैन।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

काठमाडौं- कीर्तिपुर नगरवासीले निः शुल्क रगत पाउने भएका छन्। यसका लागि  कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीका बीच मंगलबार सम्झौता भएको छ। अब नगरवासीले रगत परीक्षण तथा रक्तथैलीका लागि पनि कुनै शुल्क तिर्नु पर्ने छैन। 

नगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाणित सरकारी कागजातको प्रतिलिपिका आधारमा  निःशुल्क रगतको सेवा उपलव्ध गराइने व्यवस्था गरिएको छ।

काठमाडौं उपत्यकामा स्थानीयवासीलाई निःशुल्क रगत उपलब्ध गराउने कीर्तिपुर पहिलो पालिका भएको छ। यही मंसिर ७ गतेदेखि लागूहुने गरी नगरप्रमुख रमेश महर्जन र नेरेसोका अध्यक्ष  नेत्रप्रसाद तिम्सिना बीच सो सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा नगरपालिकाको तर्फबाट उपप्रमुख सरस्वती रिजाल खड्का र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा तथा  सोसाइटीका तर्फबाट कार्यकारी निर्देशक उमेश ढकाल र केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले पनि हस्ताक्षर गरेका थिए।

प्रमुख प्रशासकीय अधिकृत  सापकोटाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने र नगरपालिकाबाट केन्द्रीय रक्तसञ्चार सेवामा रगत संकलन कार्यमा सहयोग गर्ने ध्येयले सम्झौता गरिएको जानकारी दिएका छन्।

नेरेसोका कार्यकारी निर्देशक ढकालले मानवीय सेवाका लागि नेरेसोले आफ्ना गतिविधि केन्द्रीत गरेको जानकारी दिँदै रक्त सञ्चार सेवालाई चुस्त बनाइने बताए। उनले भने, ‘रक्तदानका बारेमा थप सचेतना आवश्यक छ। यसका लागि पालिकाहरूको अहं भूमिका हुन्छ।’ केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पौडेलले भने ‘सुलभ र निःशुल्क रगत उपलव्ध गराउन यो सम्झौता एउटा महत्वपूर्ण सुरुआत हो। अन्य स्थानीय निकायसँग पनि सहकार्य बढाउँदै लगिने छ।’

रगत परीक्षण र सेवाशुल्कको लागि नगरपालिकाले १० लाख बिनियोजन गरेको जनाइएको छ। सम्झौतामा  रगतको आपूर्ति बमोजिम केन्द्रीय रक्तसञ्चार सेवालाई शोधभर्ना दिइने उल्लेख छ। त्यस्तै नगरपालिकाका हरेक वडाले वर्षका कम्तिमा दुइपटक रक्तदान कार्यक्रम आयोजना गरी केन्द्रीय रक्तसञ्चार सेवामा रगत आपूर्ति बढाउन सहयोग गर्नेछन्।

कार्यक्रममा रक्तदानको महत्व र अवस्थाका बारेमा नेरेसोका उपनिर्देशक डा. प्रकाश यादवले जानकारी दिएका थिए। कार्यक्रममा नेरेसोका उपाध्यक्षद्वय शर्मिला कार्की र डा. विश्वकेशर मास्के, कोषाध्यक्ष सीताराम कोइराला, उपकोषाध्यक्ष होम पाठक तथा विभिन्न वडाका वडाध्यक्षको सहभागिता थियो। 

-रासस

प्रकाशित: Nov 24, 2021| 12:43 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।