सोमबार, असोज २६, २०८३

एक दशकपछि निर्देशनमा फर्के नवीन सुब्बा

एक दशकको अन्तरालपछि फिल्म निर्देशक नवीन सुब्बा ‘गाउँ आएको बाटो’ मार्फत निर्देशनमा फर्किएका छन्।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

काठमाडौं– एक दशकको अन्तरालपछि फिल्म निर्देशक नवीन सुब्बा ‘गाउँ आएको बाटो’ मार्फत निर्देशनमा फर्किएका छन्। पूर्वी पहाडमा रहेका राई समुदायको मौलिक कथामा बन्न लागेको चलचित्र ‘गाउँ आएको बाटो’ सुब्बाको तेस्रो फिचर फिल्म हो। 

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा सिनेमा निर्माण घोषणाका कार्यक्रममा बोल्दै सुब्बाले ठूलो पर्दाको सिनेमामा काम गर्न लामो समयपछि अवसर मिलेका बताए। कोरोना महामारीका कारण सिनेमा उद्योगमा पारेको असरबारे उनले भने, ‘महामारीपछि संसारको सिनेमा उद्योग कस्तो बन्छ भन्ने चुनौती देखिएका बेला हामी पनि सामना गर्न तयार हुनुपर्छ।’

विश्व सिनेमा बजारमा भएको परिवर्तनलाई नेपाली सिनेमाले सदुपयोग गर्नुपर्ने उनको जोड छ। यस्तो विषम परिस्थितिमा पनि नेपाली सिनेमालाई अन्तर्राष्ट्रियकरण गर्न सक्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘हामीले गुणात्मक र विश्वका फिल्मसँग प्रतिस्पर्धात्मक गर्न सक्ने फिल्म बनाउन जोड दिनुपर्छ। यदि त्यसकिसिमका फिल्म निर्माण गरेनौं भने नेपाली फिल्म उद्योग मात्रै नभएर हाम्रो अस्तित्व र पहिचान पनि रहँदैन।’ 

‘गाउँ आएको बाटो’ले नेपाली समाजलाई अन्तर्राष्ट्रियकरण गर्ने भूमिका खेल्न सक्ने बताए निर्माता अमोद राईले। हङकङमा व्यापार व्यवसाय गर्दै आएका राईले विश्वभरका राई समुदायलाई समेटेर सिनेमा निर्माण गर्न खोजेको बताए। उनले भने, ‘जसरी हङकङले सिनेमा मार्फत भाषा संस्कृतिको विकास गरेको छ। त्यसैगरी ‘गाउँ आएको बाटो’ले नेपाली कला संस्कृतिमार्फत विश्वलाई परिचय दिन खोजेका छौं।’ 

भोजपुरको बालङ्खा, संखुवासभाको खाँदबारी र धरानमा फिल्म छायांकन गरिनेछ। यस सिनेमा निर्माणका लागि नेपाल, हङकङ, मकाउ, युके, अमेरिका, बेल्जियम, दक्षिण कोरिया, नेदरल्याण्ड पोर्चुगल लगायत देशमा रहेका राई समुदायका प्रतिनिधिहरुबाट लगानी जुटाउने निर्माता राईले बताए।

फिल्ममा दयाहाङ राई, पशुपति राई, पर्शन राई, खनुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा, राज थापा काउचाको अभिनय रहनेछ । सिनेमालाई अमेरिकी सिनेमाटोग्राफर मार्सिन क्याप्रोनले खिच्दै छन् । कास्टिङ निर्देशन सिर्जना सुब्बा र केदार श्रेष्ठले गर्दै छन्। सिनेमाको प्रमुख सह–निर्देशक राजेश विश्वकर्मा छन् भने सह–निर्देशकमा अनिता रसाइली र विशाल न्यौपाने रहेका छन्। 

निर्देशक सुब्बाको चलचित्र ‘नुमाफुङ’ ले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा समेत अनेक अवार्ड जितिसकेको छ । उनीद्धारा निर्देशित चर्चित टेलिश्रृंखला ‘दलन’लाई अझै पनि दर्शकले विर्सेका छैनन्। 

प्रकाशित: Nov 24, 2021| 11:56 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।