काठमाडौं- काठमाडौंको न्यूनतम तापक्रममा सुधार आएको छ। मंगलबारको तुलनामा बुधबार न्युनतम तापक्रममा सुधार आएको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार घटेर ८ डिग्री सेल्सियसमा झरेको न्यूनतम तापक्रम बुधबार बढेर १०.५ डिग्री सेल्सियस मापन गरिएको छ।
गएराति आकाशमा बादल लागेकाले तापक्रम बढेको मौसमविद् राजु प्रधानांगले बताए। आज अधिकतम तापक्रम पनि बढ्ने पूर्वानुमान गरिएको छ। आज अधिकतम तापक्रम २१ देखि २४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ।
हिजोको अधिकतम तापक्रम २१ दशमलव ५ डिग्री सेल्सियस थियो।