आइतबार, असार २१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • बेन्फिकासँग बराबरीमा रोकियो बार्सिलोना, बार्यन शीर्षस्थानमा कायमै

बेन्फिकासँग बराबरीमा रोकियो बार्सिलोना, बार्यन शीर्षस्थानमा कायमै

स्पेनिस क्बल बार्सिलोना मंगलबार रातिको च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको खेलमा बेन्फिकासँग गोलरहित बराबरीमा रोकिएको छ।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

काठमाडौं- स्पेनिस क्बल बार्सिलोना मंगलबार रातिको च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको खेलमा बेन्फिकासँग गोलरहित बराबरीमा रोकिएको छ।

बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा बेन्फिकाविरुद्ध बल पोसेसन बनाएर पनि जित निकाल्न भने सकेन। जित निकाल्न नसके पनि उसले अर्को चरणको आशा भने जिवितै राखेको छ।

समूह ईको शीर्षस्थानमा बायर्न म्युनिख छ भने बार्सिलोना दोस्रो स्थानमा छ। सतप्रतिसत जित निकालेको बायर्नको १५ अंक हुँदा बार्सिलोनाको ७ र बेन्फिकाको ५ अंक छ।

अन्तिम खेलमा बार्सिलोनाले बार्यनसँग प्रतिस्पर्धा गर्दैछ भने बेन्फिकाले डाइनामो किवसँग खेल्दैछ। सो खेलमा बार्सिलोनले बार्यनसँग हार बेहोरेको अवस्थामा र बेन्फिकाले जित निकालेको अवस्थामा बार्सिलोना अघिल्लो चरणमा पुग्ने छैन्। त्यो बाहेकका अवस्थामा भने बार्सिलोनाले अन्तिम १६ मा स्थान बनाउने छ।

मंगबार राति नै सम्पन्न अर्को खेलमा बायर्नले डाइनामो किवलाई २-१ गोलअन्तरले हराएको थियो।

प्रकाशित: Nov 24, 2021| 08:19 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।