शुक्रबार, भदौ ५, २०८३

कांग्रेस मतगणनास्थलमा झडप, प्रहरीसहित ७ जना घाइते

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्युठान अधिवेशनको मतगणना स्थलमा झडप हुँदा सात जना घाइते भएका छन्।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

दाङ- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्युठान अधिवेशनको मतगणना स्थलमा झडप हुँदा सात जना घाइते भएका छन्। जिल्‍ला सभापति पदका लागि भएको मतदानको मतगणना चलिरहेका बेला मंगलबार राति युवाहरूले झडप गरेपछि प्रहरीले रबरको गोली चलाएको थियो।

मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा सिर्जना भएको तनाव नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड अश्रुग्याँससमेत  प्रहार गरेको थियो। प्युठानका प्रमुख जिल्ला अधिकारी खेमराज भुसालले कांग्रेसका दुई पक्षका कार्यकर्ताबीच झडप भएको थियो। 

झडपका क्रममा दुई जना प्रहरीसहित सात जना घाइते भएका छन्। प्रहरी जवान गोपाल जिसी र चन्द्र बहादुर गाह घाइते भएका हुन्। 

कांग्रेस कार्यकर्ता कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका २ का २० वर्षीय कमल घर्ती, नौबहिनी ६ का २६ वर्षीय कुंवर पुन, २३ वर्षीय बिनोद रिजाल र प्युठान नगरपालिका ७ का खेमराज पण्डित उक्त झडपमा घाइते भएका छन्। घाइतेलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार लगिएको छ।

सभापतिका लागि प्युठानमा कूल १ हजार ६५ मत खसेको थियो। सभापतिमा शेखर–गगन पक्षका विष्णु गिरीले ५२९ मत र देउवा पक्षका शिव रिजालले ४६९ मत ल्याएका थिए। ६ मत बदर भएको र ६५ मत गणना गर्न बाँकी रहेका बेला कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो।

प्रकाशित: Nov 24, 2021| 07:56 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...