आइतबार, असार २१, २०८३

युनाइटेडको जित प्रशिक्षक ओलेलाई समर्पण

म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रशिक्षक मिचेल कारिकले मंगलबार रातिको जितलाई दुई दिन अघि बर्खास्तमा परेका मूख्य प्रशिक्षक ओले गनर सोल्सायरलाई समर्पण गरेका छन्।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

काठमाडौं- म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रशिक्षक मिचेल कारिकले मंगलबार रातिको जितलाई दुई दिन अघि बर्खास्तमा परेका मूख्य प्रशिक्षक ओले गनर सोल्सायरलाई समर्पण गरेका छन्।

स्पेनिस क्लब भिल्ला रियलको मैदानमा सम्पन्न खेलमा जित निकाल्दै युनाइटेडलले आफ्नो यात्रा अन्तिम १६ सम्म पुर्याएको छ। युनाइटेडलाई मंगलबार जित दिलाउन फरवार्ड क्रिस्टियानो रोनाल्डो र जाडन सान्चोले गोल गरेका थिए।

‘यो दुई दिन मलाई सजियो भएन। क्लबमा कसैलाई पनि सजिलो भएन। र, यो रिजल्ट ओलेकै देन हो भन्ने हामी ठान्छौं,’ कारिकले खेलपछि भने। उनले २००८ मा युनाइटेडका साथ च्याम्पियन्स लिग जितेका थिए।

उनले थपे, ‘तर हामीले काम गर्नपर्ने थियो र अवस्थालाई हेन्डल गर्नुपर्ने थियो। मैले यो जिम्मेवारी पाएकोमा खुसी छु र हाम्रो योजना सफल रह्यो।’ युनाइटेडले पहिलो हाफमा गोल गर्न नसके पनि दोस्रो हाफमा दुई गोल गरेको थियो। ७८ औं मिनेटमा रोनाल्डोले गोल गरेका थिए।

उनले यो सिजनको सबैजसो खेलमा गोल गरिरहेका छन्। उनले पाँच खेलमा ६ गोल गरिसकेका छन्। यससँगै युभेन्टस एक हार एक बराबरीसका साथ पाँच खेलबाट १० अंक बनाएर समूह एफको शीर्षस्थानमा छ।

उसले च्याम्पियन्स लिगको अन्तिम चरणमा स्थान बनासकेको छ। भिल्ला रियल भने ७ अंकका साथ दोस्रो स्थानमा छ। मंगलबार रातिको अर्को खेलमा योङ बोइजले एटलान्टासँग ३-३ गोलको बराबरी खेलेको थियो।

प्रकाशित: Nov 24, 2021| 07:49 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।