बुधबार, भदौ १७, २०८३

च्याम्पियन्स लिगमा युभेन्टसमाथि चेल्सीको जित

युरोपेली च्याम्पियन्स लिगमा प्रिमियर क्लब चेल्सीले इटालियन क्लब युभेन्टसमाथि सानदार जित निकालेको छ। चेल्सीको स्ट्यामफर्ड रंगशालामा मंगलबार राति सम्पन्न खेलमा उसले ४–० गोलअन्तरको जित निकालेको हो।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

काठमाडौं– युरोपेली च्याम्पियन्स लिगमा प्रिमियर क्लब चेल्सीले इटालियन क्लब युभेन्टसमाथि सानदार जित निकालेको छ। चेल्सीको स्ट्यामफर्ड रंगशालामा मंगलबार राति सम्पन्न खेलमा उसले ४–० गोलअन्तरको जित निकालेको हो।

चेल्सीलाई जित दिलाउन ट्रिवोह क्यालोब, रिस जेम्स, क्यलुम हुड्सन ओडी र टिमो वेर्नरले गोल गरेका थिए। चेल्सीका प्रशिक्षक थोमस टुचेलले यो जितलाई खेलाडीको आश्चर्यजनक प्रदर्शनबाट निस्किएको बताएका छन्।

चेल्सीबाट युरोपियन खेल सुरु गरेका क्यालोबले खेलमा अग्रता बनाएका थिए। रुडिजले दिएको पासबाट उनले गोल गरेपछि पहिलो हाफमा चेल्सी एक गोलले अघि रह्यो। त्यसपछि रिय जेम्से गोल गरे। जेम्सको गोलसँगै चेल्सीले खेलमा नियन्त्रण बनाएको थियो।

जेम्सको गोलको तीन मिनेटमा नबित्दै चेल्सीले अर्को गोल थप्यो। यसपटक हुड्सन ओडीले बललाई पोस्टमा छिराएका थिए। खेलको अन्तिममा युभेन्टसका मिडफिल्डर वेस्टोम म्याक्केनिनको गल्तीको फाइदा उठाउँदै जियाचले पास उपलब्ध गराए।

सो पासबाट वेर्नले गोल गरेपछि चेल्सीले ४–० गोलअन्तरको साथ खेल जित्यो। यो जितसँगै साबिक विजेताले उपाधि रक्षाको बलियो दावेदारी प्रस्तुत गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ। यता इटालियन साइडले भने च्याम्पियन्स लिगमा ठूलो हार बेहोर्‍यो।

अब चेल्सीले समूह चरणको अर्को खेलमा युभेन्टसले माल्मोसँग खेल्नेछ भने चेल्सीले जेन्टसँग खेल्नेछ। अहिले समूह एचमा चेल्सी र युभेन्टसको समान १२–१२ अंक छ। र, सो खेलदुवै टिमले जित निकाले पनि चेल्सी शीर्षस्थानमा रहनेछ।

प्रकाशित: Nov 24, 2021| 07:37 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।