मंगलबार, कात्तिक ११, २०८२

डोटी कांग्रेस सभापतिका लागि पुनः मतदान हुने

नेपाली कांग्रेस डोटीको पार्टी सभापतिका लागि पुनः मतदान हुने भएको छ।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८
Kumaribank
Metro Mart

काठमाडौं- नेपाली कांग्रेस डोटीको पार्टी सभापतिका लागि पुनः मतदान हुने भएको छ। सभापतिका लागि पाँच जना प्रतिस्पर्धामा रहेकोमा मंगलबार भएको मतदानबाट कसैले ५१ प्रतिशत प्राप्त गर्न नसकेपछि पुनः मतदान हुने भएको हो।

अब नरेन्द्रबहादुर सिंह र भूमिराज बडुबीच प्रतिस्पर्धा हुने छ। मंगलबार भएको मतदानमा १ हजार ८५ मत खसेको थियो। 

जसमध्ये नरेन्द्रबहादुर सिंहले ३ सय ५८, भूमिराज बडुले ३ सय ४२, प्रदीपकुमार देउवाले २ सय १४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझाले ३४ मत प्राप्त गरेका थिए। देउवा कांग्रेस डोटीका वर्तमान सभापतिसमेत हुन्।

प्रकाशित: Nov 24, 2021| 06:52 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।