सोमबार, फागुन २५, २०८२

पुटिनले भने- प्यालेस्टाइनप्रति रुसको अडान पूर्ववत

प्यालेस्टाइनप्रति रूसको अडान नफेरिएको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार आफ्ना प्यालेस्टिनी समकक्षी महम्मद अब्बासलाई बताएका छन्।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

सोची- प्यालेस्टाइनप्रति रूसको अडान नफेरिएको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार आफ्ना प्यालेस्टिनी समकक्षी महम्मद अब्बासलाई बताएका छन्।

National life

उनले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को विगतका निर्णयका आधारमा सबै मुद्दा समाधान गर्नुपर्ने मस्कोको विश्वास रहेको बताए।

सोचीमा अब्बाससँगको भेटमा रूसी नेता पुटिनले भने, 'प्यालेस्टिनी समस्या समाधानका विषयमा रूसको अडान अपरिवर्तित रहेको छ। प्यालेस्टाइनको समस्या संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्तरमा भएका पहिलेका निर्णयहरू अनुरूप समाधान गर्नुपर्छ।'

त्यहाँ बस्ने सबै मानिसहरूको हितलाई ध्यानमा राख्ने न्यायोचित आधारमा समस्याहरू उत्पन्न हुन सक्ने भएपनि मस्कोले यस दिशामा काम गर्ने रूसी नेता पुटिनले बताए।

प्रकाशित: Nov 24, 2021| 01:00 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।