आइतबार, असार २१, २०८३

विश्वकप छनोटमा नेपालले भुटानलाई हरायो

आईसीसी महिला विश्वकप २०२३ को एसियाली छनोटमा नेपालले पहिलो जित निकालेको छ।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं– आईसीसी महिला विश्वकप २०२३ को एसियाली छनोटमा नेपालले पहिलो जित निकालेको छ। दुबईस्थित आईसीसीको क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले भुटानलाई विकेटले ८ हराएको हो।

मंगलबार टस हारेर फिल्डिङ गरेको नेपालले ६२ रनको लक्ष्य पाएको हो। त्यसक्रममा भुटानले २० ओभर खेल्दै छ विकेटको क्षतिमा ६१ रन बनाएको थियो। जवाफमा नेपालले ८.३ ओभर मा दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

नेपालको जितका लागि ओपनर सिता राना मगरले १७ र कप्तान रुविता क्षेत्रीले १० रन जोडिन्। त्यस्तै इन्दू वर्माले अविजित १८ रन बनाउँदा कविता जोशीले पनि १० रन जोडिन्।

खेलमा सिताले दुई बाउन्ड्री प्रहार गरिन् भने कविता जोशीले पनि दुई बाउन्ड्री हिर्काइन्। भुटानकी तासी छेकीले एक विकेट लिइन् भने कप्तान क्षेत्री रनआउट भइन्।

नेपालका लागि सिता राना मगरले तीन विकेट गिराइन् भने करुणा भण्डारीले एक विकेट लिइन्। त्यसक्रममा भुटानकी सोनम पाल्दोनले ११ र न्गवाङ छोदेनले १३ रन बनाए। यसबाहेक अन्य खेलाडीले जोर अंकमा रन बनाउन सकेनन्।

आज नै सम्पन्न अर्को खेलमा यूएईले हङकङलाई ११ रनले हराएको छ।

प्रकाशित: Nov 23, 2021| 17:41 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।