आइतबार, असार २१, २०८३

यू–१९ राष्ट्रिय क्रिकेटमा प्रदेश १ र लुम्बिनीको जित

काठमाडौंमा जारी यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा प्रदेश १ र लुम्बिनी प्रदेशले विजयी सुरुआत गरेका छन्।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं– काठमाडौंमा जारी यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा प्रदेश १ र लुम्बिनी प्रदेशले विजयी सुरुआत गरेका छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा प्रदेश १ ले बाग्मति प्रदेशलाई २६ रनले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको प्रदेश १ ले ४५ ओभर तीन बलमा सबै विकेट गुमाएर १७५ रन बनाएको थियो।

जवाफमा बाग्मतिले ३१ ओभर चार बलमा सबै विकेट गुमाएर १४९ रन मात्र जोड्न सक्यो। बाग्मतिका लागि विपिन साहीले सर्वाधिक ४३ रन बनाए भने विवेक मगरले ४२ रन जोडे। त्यक्रममा प्रदेश १ का लागि लभ कामतले ५ विकेट लिए भने दिपेश कँडेलले एक विकेट गिराए।

यता प्रदेश १ का जोशी र कामतले समान ३३–३३ रन बनाए। सोनु अन्सारीले पनि ३२ रनको योगदान दिए। प्रदेश १ लाई निर्धारित पुरा ओभर खेल्न नदिने क्रममा तिलक भण्डारी र क्रिस कार्कीले ३–३ विकेट लिए।

त्यस्तै मुलपानी मैदानमा सम्पन्न खेलमा लम्बिनीले गण्डकी प्रदेशलाई ९ विकेटले हराएको छ। गण्डकीले दिएको २४ रनको लक्ष्य लुम्बिनीले ५ ओभर ५ बलमा एक विकेट गुमाएर पुरा गरेको हो।

खेलमा लुम्बिनीका देव खनालले १८ र विराट भण्डारीले ७ रन बनाए। गण्डकीका सुवास भण्डारीले एक विकेट लिए। त्यसअघि गण्डकी १४ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाएर २३ रन बनाएको थियो।

गण्डकीका अर्जुन कुमालले सर्वाधिक छ रन बनाए। लुम्बनीका मोहम्मद हुसेनले सात विकेट लिए। आजको जितसँगै प्रदेश १ र लुम्बिनीले समान २–२ अंक जोडेका छन्।

प्रकाशित: Nov 23, 2021| 17:34 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।