काठमाडौं– आईसीसी महिला विश्वकप २०२३ को एसियाली छनोटमा भुटानबाट नेपालले ६२ रनको लक्ष्य पाएको छ। दुबईस्थित आईसीसीको क्रिकेट मैदानमा जारी खेलमा नेपालले सामान्य लक्ष्य प्राप्त गरेको छ।
मंगलबार टस हारेर फिल्डिङ गरेको नेपालले ६२ रनको लक्ष्य पाएको हो। पहिलो पारीमा भुटानले २० ओभर खेल्दै छ विकेटको क्षतिमा ६१ रन बनाएको थियो।
नेपालका लागि सिता राना मगरले तीन विकेट गिराइन भने करुणा भण्डारीले एक विकेट लिइन्। त्यसक्रममा भुटानकी सोनम पाल्दोनले ११ र न्गवाङ छोदेनले १३ रन बनाए। यसबाहेक अन्य खेलाडीले जोर अंकमा रन बनाएन सकेनन्।
आज नै सम्पन्न अर्को खेलमा यूएईले हङकङलाई ११ रनले हराएको छ।