सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कञ्‍चनपुरका जिल्ला सभापति र संविधानसभा सदस्य महाधिवेशन प्रतिनिधिमा पराजित

कञ्‍चनपुरका जिल्ला सभापति र संविधानसभा सदस्य महाधिवेशन प्रतिनिधिमा पराजित

कञ्‍चनपुरको क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधिका लागि निर्वाचनमा प्रतिस्पर्धा गरेका बोहराद्वयसहितका नेताहरु महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं- कञ्‍चनपुरका जिल्ला सभापति हरि बोहरा र संविधानसभा सदस्य बलदेव बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। कञ्‍चनपुरको क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधिका लागि निर्वाचनमा प्रतिस्पर्धा गरेका बोहराद्वयसहितका नेताहरु महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्। 

कञ्‍चनपुरमा सभापति शेरबहादुर देउवा समूहकै दुई नेताहरु एनपी साउँद र रमेश लेखकले प्यानल नै बनाएर उम्मेदवारी दिन लगाएका थिए। कञ्‍चनपुरको क्षेत्र नम्बर २ मा लेखक प्यानल क्लिनस्विप भएको हो। 

महाधिवेशन प्रतिनिधिमा पराजित हुनेमा लेखक समूहका कांग्रेस कञ्चनपुरका पूर्वसचिव भोजराज बोहरा, नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय उपाध्यक्ष सिद्धराज भट्ट पनि छन्। 

क्षेत्र नम्बर २ का कुल ५०८ मतदातामध्ये ५०४ मत खसेको थियो। जसमा दुई मत बदर भए भने ५०२ मत सदर भएका थिए। 

मंगलबार सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार सभापति बोहराले २४४ मत ल्याएका थिए भने बलदेव बोहराले १९०, भोज बोहराले २१३ र सिद्धराज भट्टले २०६ मत ल्याएका थिए। 

kumari

वर्तमान सभापति बोहरा आगामी महाधिवेशनमा पनि लेखक समूहबाट जिल्ला सभापतिका आकांक्षी थिए। त्यसैगरी कञ्‍चनपुरको क्षेत्र नम्बर १ बाट जिल्ला उपसभापति बन्धु राना र कञ्‍चनपुर क्षेत्र नम्बर ३ बा जिल्ला सचिव ईश्‍वरी जोशी पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। 

कञ्चनपुर–२ बाट खुलातर्फ संविधानसभा सदस्य बहादुरसिंह थापा, चिन्तामणि भट्ट, हेमराज ओझा, दलबहादुर बोहरा, लोगबहादुर देउवा, पुस्करराज ओझा, दुर्गाप्रसाद भट्ट, मीनबहादुर सिंह, उद्धव बोहरा र टीका बैज महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।


प्रकाशित: Nov 23, 2021| 17:12 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।