बुधबार, भदौ ३, २०८३

उड्दाउड्दै पाइलटको ड्युटी आवर सकिएपछि...

आफ्नो ड्युटी आवर सकिएको भन्दै नेपाल एयरलाइन्सका एक पाइलटले यात्रुलाई बीच बाटोमै ओरालिदिएका छन्।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं– आफ्नो ड्युटी आवर सकिएको भन्दै नेपाल एयरलाइन्सका एक पाइलटले यात्रुलाई बीच बाटोमै ओरालिदिएका छन्। काठमाडौंबाट रुकुम उडेको जहाज ड्युटी आवर सकिएको भन्दै पाइलटले नेपालगन्जमै अवतरण गराएका हुन्। 

घटना हिजो सोमबारको हो। नेपाल एयरलाइन्सको ट्विनअटर जहाज दिउँसो तीन बजे काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट रुकुमका लागि उडेको थियो। जहाजले निर्धारित समयमै टेकअफ पनि गरेको थियो। तर, जहाज रुकुम पुगेन, नेपालगन्जमै अवतरण भयो।

जहाज तोकिएको समयमै काठमाडौं एयरपोर्टबाट रुकुमका लागि उड्यो। जहाज रुकुम त उड्यो तर गन्तव्यमा भने पुर्‍याइएन। पाइलट पेम्बा शेर्पाले जहाजलाई नेपालगञ्ज विमानस्थलमा अवतरण गराए। लाग्न सक्छ विमानमा कुनै खराबी त आएन? जहाज किन बीचमै अवतरण भयो भनेर सुरुमा त यात्रुले मेसो पाएनन्। रुकुम हिँडेका उनीहरु अलपत्र परे। पछि थाहा भयो, पाइलटको ड्युटी आवर सकिएका कारण जहाज नेपालगन्जमा अवतरण गरिएको रहेछ।

पाइलट शेर्पाले आफ्नो ड्युटी चार बजे सकिने र करिब त्यही समयमा जहाज नेपालगन्ज विमानस्थलमाथि पुगेकाले आफ्नो ड्यूटी सकिएको भन्दै नेपालगन्जमै अवतरण गरिदिएका हुन्। आफ्नो ड्यूटी ४ बजे सकिने र करिब त्यही समयमा जहाज नेपालगन्ज विमानस्थल माथि पुगेकाले त्यही अवतरण गराएको पाइलटले बताएपछि यात्रु छक्क परे। एयरलाइन्सले ती यात्रुलाई हिजो त्यहीँको होटलमा राखेर आज बिहान रुकुम लगेको छ।

नागरिक उड्डयन क्षेत्रका जानकारहरुका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले पाइलटका लागि एक दिनमा १० घण्टा वा १० पटकको ल्यान्डिङसम्म उडान गर्न पाउने समय अर्थात् ड्युटी आवर तोकिएको छ।  त्यो समयभन्दा बढी समय पाइलटले जहाज उडाएमा एयरलाइन्स र पाइलट दुवैलाई नियामक निकायले कारवाही गर्न सक्छन्। आफू कारबाहीमा पर्ने डरले रुकुमको चौरजहारी उडेको जहाजले नेपालगन्जमा ‘नाइट स्टप’ गरेको बताइएको छ।

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले भने पाइटलको ड्युटी आवर एवम् मौसमका कारण रुकुम उडेको जहाज नेपालगञ्ज अवतरण भएको बताएका छन्। उनले भने, ‘पाइटलको ड्युटी आवर सकिएको र मौस पनि खराब थियो।’ 

प्रकाशित: Nov 23, 2021| 13:23 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।