बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जाली झापाली कि स्याङ्जाली? दोहोरीमा आ-आफ्नै दाबी [भिडियो]

जाली झापाली कि स्याङ्जाली? दोहोरीमा आ-आफ्नै दाबी [भिडियो]

झापाली र स्याङ्जालीले आ-आफ्नै भूगोलका मानिसहरू इमान्दार भएको दाबी गर्दै गाइएको लोक दोहोरी गीत 'जाली भन्छौ किन?' सार्वजनिक भएको छ। अकला देवी म्युजिकले भिडियोसहित लोक दोहोरी गीत सार्वजनिक गरेको हो।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं- झापाली र स्याङ्जालीले आ-आफ्नै भूगोलका मानिसहरू इमान्दार भएको दाबी गर्दै गाइएको लोक दोहोरी गीत 'जाली भन्छौ किन?' सार्वजनिक भएको छ। अकला देवी म्युजिकले भिडियोसहित लोक दोहोरी गीत सार्वजनिक गरेको हो। 

रामजी खाँड, अर्जुन सापकोटा र टंक डुम्रेले स्याङ्जा प्रतिनिधिको भूमिकासहित स्वर दिएको गीतमा गायिका सुनीता बुढाले झापाको प्रतिनिधित्वमा स्वर भरेकी छन्। 

दुःख पर्दा सधै गुन लगाएपनि जाली भनेकोमा स्याङ्जालीको दुखेसोबाट गीत सुरु हुन्छ। यसमा उनीहरूलाई रिस उठेको भाव व्यक्त गरिएको छ। स्याङ्जालीहरू सोझासाझा, सरल र इमान्दार हुँदाहुँदै पनि जाली भनिएकोमा उनीहरुले झापालीप्रति 'क्रोध' देखाएका छन्। 

सधैँ तिम्लाई दुःख पर्दा हाम्ले हो गुन लाउने
त्यसैमाथि जाली भन्दा रिस उठेरै आउने
स्याङ्जालीलाई जाली भन्छ्यौ किन?
हे.. सोझा साझा इमान्दार मान्छे खोज्न स्याङ्जातिर हिन 

झापालीको प्रतिनिधित्व गर्दै गीत गाएकी बुढाले भने स्याङ्जालीहरूले झुट कुरा बोल्ने र अरूको कुरा काट्ने प्रवृत्ति हुने आरोप लगाएकी छन्। स्याङ्जालीहरूभन्दा झापालीहरू राम्रा र इमान्दार हुने दाबी गीतमा गरिएको छ। 

झुटो पनि बोल्छौ तिमी कैलेकाही ढाँट्छौँ
तर फेरि दुनियाँकै किन कुरो काट्छौ
झापालीलाई जाली भन्छौ किन?
राम्राराम्रा इमान्दार मान्छे खोज्न झापातिरै हिन

आफ्नो स्वार्थ परे नजिक बन्ने र फसाउन नसके जाली र फटाहा भनिएको खाँडको भनाइ छ। यस्तै आफूहरूको बोलीवचन समेत राम्रो भएकाले देखासिकी गर्न पनि उनले आग्रह गरेका छन्। उता सुनीताले भने पढ्नलेख्न सिपालु भएपनि स्याङ्जाली बोलक्कड हुने समेत भनिदिएकी छन्। 

स्याङ्जालीहरू हिरो भएको धाक दिएपछि झापालीको प्रतिनिधित्व गरेकी सुनीताले भने सानो स्वरले बोल्न चेतावनी दिएकी छन्। भविष्य सपार्ने भए स्याङ्जालीको संगत गर्न भनेपछि झापालीले चाहिँ स्याङ्जालीको पछि लाग्नुभन्दा यतिकै ठिक छ भनिदिन्छिन्। यसपछि स्याङ्जाली आफ्नो बाटो लाग्छन्। दोहोरी सकिन्छ। 

विशेषगरी राजधानीलगायतका सहरी क्षेत्रमा झापाली र स्याङ्जालीका विषयमा सुनिने विभिन्न किस्साले गीत लेख्न प्रेरित गरेको गीतकार डुम्रेले बताए। गीतको भिडियोमा रामजी खाँड, डुम्रे र अर्जुन सापकोटाले स्याङ्जालीको भूमिका निभाएका छन् भने आस्था थापाले झापालीको प्रतिनिधित्व गरेकी छन्। 

यज्ञ सापकोटाले संगीत भगरेको गीतको म्युजिक भिडियोको निर्देशन मदन खड्काले गरेका हुन्। 

भिडियो

प्रकाशित: Nov 23, 2021| 12:29 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।