काठमाडौं- गोरखामा एक सातादेखि हराइरहेकी एक महिला मृत भेटिएकी छिन्। गोरखा नगरपालिका-१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिएकी हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार तामाङ गत कात्तिक ३० गतेदेखि हराइरहेकी थिइन्।
उनलाई सोमबार साँझ गोरखा नगरपालिका-१२ खत्रेबेँसीस्थित दरौदीखोला किनारमा मृत फेला पारिएको हो । तामाङको शव परीक्षणका लागि गोरखा अस्पतालमा ल्याइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।