शनिबार, माघ ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • टिममा तालमेल नमिल्दा पुलिसविरुद्ध दबाब बनाएर पनि बराबरीमा रोकियो आर्मी

टिममा तालमेल नमिल्दा पुलिसविरुद्ध दबाब बनाएर पनि बराबरीमा रोकियो आर्मी

पुलिस प्रशिक्षक अनन्त थापाले खेल निकै आक्रामक भएको बताएका छन्। उनले भने, ‘खेल स्पिडी थियो। आक्रामक पनि।’ आर्मीका प्रशिक्षक राजु तामाङले भने समग्रमा पहिलो खेल राम्रो भएको बताए।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा सोमबार दिउँसो खेल थियो विभागीय डर्बी त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको। पहिलो चरणको छैटौं खेलमा पुलिस र आर्मीले १–१ गोलको बराबरी खेल्दै १–१ अंक जोडेर लिगको सुरवात गरेका छन्।

National life

पछिल्लो सिजनका उपविजेता समेत रहेको आर्मीले र छैटौं स्थानमा रहेको पुलिसले यो सिजन उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिएका छन्। सिनियर र युवा खेलाडीको तादम्यता मिलाएर आएका दुवै टिमले चित्त बुझाउने अंकबाट मात्र लिग सुरु गरे।  

पहिलो हाफमा दुवै टिमले औषत सुरुआत गरे पनि अन्तिम १० मिनेटको खेल निकै आक्रामक बनेको थियो। त्यसक्रममा आर्मीले पुलिस टिमका लागि खतरा हुने जोनमा बल खेलाइरह्यो र आक्रमण गरिरह्यो। 

पुलिस प्रशिक्षक अनन्त थापाले खेल निकै आक्रामक भएको बताएका छन्। उनले भने, ‘खेल स्पिडी थियो। आक्रामक पनि।’ आर्मीका प्रशिक्षक राजु तामाङले भने समग्रमा पहिलो खेल राम्रो भएको बताए।

तामाङले भने, ‘ओभरअल राम्रो खेल्यो हाम्रो टिमले। अट्याकमा राम्रो भए पनि डिफेन्समा सेट मिलेन कि भोयो। अपोनेन्टलले पनि केहि समय त दबाब दियो नै। आगामि  दिनमा अर्को सुधार गर्नेछौं।’ उनले जगजित(नयाँ खेलाडी)लाई टिममा अनुबन्ध गर्दा तालमेल केही नमिलेजस्तो भए पनि सुधार हुने बताएका छन्।

Laxmi sunrise bank
kumari

खेलको १३ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले दिएको पासमा फरवार्ड भरत खवासले गरेको प्रहार पोस्टको नजिकैबाट बाहिरियो। त्यस्तै ३७ औं मिनेटमा मा दिनेश हेन्जनको प्रहार पुलिसका डिफेन्डरले क्लियर गरिदिए।


त्यहि मिनेटमा सन्तोष तामाङको फ्रि किकलाई हेन्जनले हेडमार्फत् पोस्टतर्फ प्रहार गरे पनि पोस्टनजिकैबाट बाहिरयो। यता ४३ औं मिनेटमा आर्मीले गोलको अर्को अवसर गुमायो। सन्तोषको प्रहारलाई पुलिसले क्लियर गरे पनि फर्किएर आएको बललाई सेसेहाङ आम्देम्बेले प्रहार गरेका थिए। त्यो बल पुलिसका गोलकिपर सत्रुघन कुमार चौधरीले रक्षा गरे।

यता १८ औं मिनेटमा पुलिउका सुमन लामाको प्रहार बारनजिकैबाट बाहिरिएको थियो। दोस्रो हाफ भने सुरुआतबाटै निक्रै आक्रामक बन्यो। खेलको ५१ औं मिनेटमै सन्तोष हेमरनले गोल गरेर पुलिसलाई अग्रता दिलाएका थिए।

एक गोलले पछि परेर दबाबमा आएको आर्मीले आक्रामणको प्रयासलाई बढाएको थियो। त्यसक्रममा ६१ औं मिनेटमा खेललाई बराबरीसम्म ल्यायो। पुलिसका प्रशिक्षक थापाले भने, ‘हामीले लिड लिए पनि त्यसलाई राखिरहन सकेनौँ। हाम्रै एक खेलाडीको गल्तीको कारणले हामीले गोल खान पुग्यौँ। साविक उपविजेता हो। बराबरी भयो।’

आर्मीका लागि विवेक बस्नेतले पेनाल्टी बक्स बाहिरबाट बाँया खुट्टाले प्रहार गरेको बल पोस्टको बायाँ कुनाबाट भित्र पसेर गोल भएको थियो। दोस्रो हाफमा आर्मीका फरवार्ड र पुलिसका डिफेन्डरबीच रोमाञ्चक प्रतिस्पर्धा अन्तिम मिनेटसम्म चलिरह्यो। 

 खेलको ८० औं मिनेटमा आर्मीका बस्नेतको प्रहार पोस्टको बायाँबाट बाहिरियो। त्यसको अर्को मिनेटमा पेनाल्टी बक्स भित्रबा कप्तान खवासले पास दिए पनि फरवार्ड सुदिल राईले त्यो बल भेट्न सकेनन्। र, आर्मीले गोलको अर्को अवसर पनि गुमायो।

निर्धारित समय सकिनुभन्दा तीन मिनेटअघि मात्र आर्मीले अर्को गोल थप्यो। पुलिसका गोलकिपर चौधरीको गाल्तीको फाइदा उठाउँदै आर्मीले गरेको गोलमा रेफ्रीले अफसाइडको झण्डा उठाए। त्यो अफसाइड गोलबारे प्रशिक्षक तामाङ भन्छन्, ‘हामीलाई त लाग्छ अफसाइड थिएन। तर हाम्रोमा भार(भीएआर) छैन। त्यो नभएको कारण हो वा होइन भन्न सकिन्न। रेफ्रीले जे भन्यो त्यो नै सहि हो।’ यससँगै खेल १–१ गोलको बराबरीमा रोकिएको हो। 


खेलका आर्मीले दबाब बनाए पनि दुई अंक गुमायो। साविक उपविजेता समेत आर्मीले पछिल्लो सिजन एएफसी एसिया कपको छनोट खेलेको थियो। सो छनोटमा श्रीलंका पुलिसलाई हराएको आर्मीले बैंगलुरु एफसीसँग पराजित भएर बाहिरिएको थियो।

आजको खेलमा के फरवार्डको कमी हो ? जवाफमा आर्मीका सहायक प्रशिक्षक तामाङ भन्छन्, ‘अट्याक भएको हो तर फनिसिनमा तालमेल भएन जस्तो लाग्यो। हामीले अट्याकिङ फुटबल खेलिरहेका छौं। र अगाडी नै खेलिरहेका छौं। जगजित श्रेष्ठले पनि गोलको अवसर सिर्जन गर्न सकोस भनेर ल्याएका हौँ।’

खेलपछिको पत्रकार सम्मेलनमा पुलिसका प्रशिक्षक थापाले जसरी पनि अंक जोड्ने हिसाबमा आर्मीविरुद्ध मैदानमा उत्रिएको बताए। उनले भने, ‘एक वा ३ अंकका लागि आएको थियौं। त्यसैले यो नतिजाले खुसी नै छौं भनौँ। तीन अंक आइसकेको थियो। त्यसपछि डिफेन्सिभमा जाने भनेका थियौँ। गोल खायौँ। यद्यपि पहिलो खेलमा एक अंक नै राम्रो हो। आजको खेल हेर्दा  लाग्छ गोलकिपर र रवीले अझै राम्रो गर्नुपर्छ।’


 

प्रकाशित: Nov 22, 2021| 21:52 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।