सोमबार, फागुन २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इरानको मानवीय सहायता सामग्री अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा

इरानको मानवीय सहायता सामग्री अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा

इरानले गत महिना पनि अफगानिस्तानका लागि यस्ता सामग्रीहरु पठाएको थियो। इरानले पठाएको नियमित सामग्री अन्तर्गत यो लटको सामग्रीको पहिलो खेप आज पठाएको इरानले जनाएको छ।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

तेहरान- इरानले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठाएको छ। ती सामग्रीको पहिलो खेप सोमबार पूर्वी अफगान प्रान्त नान्गाहार पुगेको बताइएको छ। सो कुरा नान्गाहार प्रान्तका प्रान्तीय अधिकारी मवलावी निआज मोहमद वाहाजले सोमबार बताएका हुन्।

National life

उनका अनुसार यी सामग्रीहरुमा खाद्यान्‍न र औषधि रहेका छन्। इरान सरकारले खासगरी अफगानिस्तानका नागरिका लागि जाडो मौसमका लागि आवश्यक न्यायो कपडाहरु पठाएको जनाएको छ।

इरानले गत महिना पनि अफगानिस्तानका लागि यस्ता सामग्रीहरु पठाएको थियो। इरानले पठाएको नियमित सामग्री अन्तर्गत यो लटको सामग्रीको पहिलो खेप आज पठाएको इरानले जनाएको छ। 

अफगानिस्तानका तालिबानहरुले सशस्त्र विद्रोह गरेर यहाँको सरकारलाई विस्थापित गरेपछि केही देशले अफगान नागरिकलाई सहयोग गर्ने गरेका छन्। तालिबानहरुले सत्ता विद्रोह गरेयता यहाँका नागरिकलाई मानवीय सहयताको आवश्यकता परेको बताइएको छ।


Laxmi sunrise bank
kumari





प्रकाशित: Nov 23, 2021| 00:30 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।