सोमबार, फागुन २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बेलायतमा कोरोना संक्रमण घटेन, एकैदिन ४० हजार संक्रमित थपिए

बेलायतमा कोरोना संक्रमण घटेन, एकैदिन ४० हजार संक्रमित थपिए

बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको बेलायती स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। उनीहरुका अनुसार यहाँ अहिले पनि दैनिक कम्तीमा पनि ४० हजार जना यो भाइरसका संक्रमित भेटिएका छन्।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

लन्डन-  बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको बेलायती स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। उनीहरुका अनुसार यहाँ अहिले पनि दैनिक कम्तीमा पनि ४० हजार जना यो भाइरसका संक्रमित भेटिएका छन्। 

National life

सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार यहाँ आइतबार थप ४० हजार जनामा एकै दिनमा संक्रमण भएको छ। यो समेत गरी बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या ९८ लाख नाघेको छ। 

स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण ६१ जनाको मृत्यु भएको छ। योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण करिब एक लाख ४४ हजार जनाको मृत्यु भएको छ। बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये आठ हजार जनाभन्दा बढी अझै पनि अस्पतालमै उपचाररत रहेका छन्।

१६ वर्षमाथिका झन्डै ९३ प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्। त्यसैगरी करिब ८७ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ। 

तर पनि पछिल्ला केही दिनमा यहाँ संक्रमण झन् बढेको पाइएको सरकारी अधिकारीहरूले बताएका छन्। सरकारी प्रयासका बाबजुत यहाँ संक्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 23, 2021| 00:00 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।