आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • रोमाञ्‍चक बन्दै ए डिभिजन : हार्न नमान्‍ने मछिन्द्र र एनआरटीको ‘फिजिकल ब्याटल’

रोमाञ्‍चक बन्दै ए डिभिजन : हार्न नमान्‍ने मछिन्द्र र एनआरटीको ‘फिजिकल ब्याटल’

खेल अविधिभर खेलाडी त व्यस्त रहे नै दुबै टिमको उपचारमा खटिने फिजियो पनि मैदानमा पस्ने र निस्कने क्रम चलिरह्यो। त्यो किनभने दुबै टिम आक्रामक रुपमा प्रस्तुत भएपछि खेलाडीलाई उपचारको अवश्यकता परिरह्यो।
 |  सोमबार, मंसिर ६, २०७८
nespernesper

विनय सापकोटा

विनय सापकोटा

सोमबार, मंसिर ६, २०७८

vianetvianet

काठमाडौं- सुरुबाटै ‘फिजिकल’ बनेको साविक विजेता मछिन्द्र क्लब र न्यु रोड टिम (एनआरटी)बीच सोमबार साँझ सम्पन्‍न खेलको पहिलो हाफमा मछिन्द्रले एक गोलको अग्रता बनायो। ५८ औं मिनेटमा एनआरटीले बराबरी गर्यो भने मछिन्द्रले पुन एक गोल गर्दै २–१ गोलअन्तरले खेल जित्यो।

triton college

यससँगै सोमबार राति तीन हजार दर्शकमाझ सहिद स्मारक ए डिभिजन लिगको पहिलो चरणको खेल सकिएको छ। मछिन्द्रलाई जित दिलाउन दुवै गोल सुनिल बलले गरे भने न्यु रोड टिमका एरिक विस्टले एक गोल फर्काए।

खेल अविधिभर खेलाडी त व्यस्त रहे नै दुबै टिमको उपचारमा खटिने फिजियो पनि मैदानमा पस्ने र निस्कने क्रम चलिरह्यो। त्यो किनभने दुबै टिम आक्रामक रुपमा प्रस्तुत भएपछि खेलाडीलाई उपचारको अवश्यकता परिरह्यो। टचलाइनमा बसिरहेका एनआरटीका प्रशिक्षक राजुकाजी शाक्य र मछिन्द्रका प्रवेक कटुवाललाई खेल निकै दबाबपूर्ण लागिरहेको थियो। त्यसैले यो खेल मैदानमा मात्र सीमित थिएन। यो खेल त टेक्निकल एरियादेखि खेलाडी अनुबन्धसम्मको नतिजा थियो।

एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले खेलको समीक्षा गर्दै भने, ‘राम्रै खेले केटाहरुले। पहिलो खेल हो। सेट हुन समय लाग्ला। जेहोस आजको खेलदेखि म सन्तुष्ट छु।’

हारेर पनि सन्तुष्टि? त्यसमाथि उनी हाँस्दै हाँस्दै पोस्ट म्याच कन्फरेन्समा आइपुगेका थिए ? खेलपछि हास्‍नुपर्ने कारण छ? जवाफ दिनुअघि केहीबेर रोकिएर प्रशिक्षक शाक्य अघि बढ्छन, ‘मैले खेललाई सिरियसली लिएको छु। खेलाडीले राम्रो प्रदर्शन गरेका छन्। दोस्रो गोलका क्रममा चाहिँ सानो गल्ती भयो।’

National life insurance

खेलमा मछिन्द्रका मिडफिल्डर विसाल राईको पासलाई सदुपयोग गर्दै सुनिल बलले १२ औं मिनेटमा गोल गरेका थिए। यससँगै मछिन्द्रले खेलमा अग्रता लिएको थियो। गोलसँगै मछिन्द्रले दबाब बनाए पनि उपाधिको लक्ष्यका साथ लिगमा भिडन्त सुरु गरेको न्यु रोड टिमले उसलाई पुरै हाबी हुन भने दिएन।

खेल अविधिभर खेलाडी त व्यस्त रहे नै दुबै टिमको उपचारमा खटिने फिजियो पनि मैदानमा पस्ने र निस्कने क्रम चलिरह्यो। त्यो किनभने दुबै टिम आक्रामक रुपमा प्रस्तुत भएपछि खेलाडीलाई उपचारको अवश्यकता परिरह्यो। 

एनआरटीले मछिन्द्रको महत्वपूर्ण पासहरु खोसेर आक्रमण बुनिरह्यो। खेलको २६ औं मिनेटमा मेसुके ओलुमोउले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो। ३० औं मिनेटमा दर्शन गुरुङले पोस्टअघि बल उपलब्ध गराए पनि एनआरटीका कुनै खेलाडी त्यो पोजिसनमा पुग्नै सकेनन्। खेलको ४१ औं मिनेटमा एनआरटीकै नविन गुरुङको प्रहारलाई भने गोलकिपर विशाल श्रेष्ठले रोकिदिए।

पहिलो हाफमा आग्रता बनाए पनि त्यसलाई दोब्बर बनाउने दुई अवसर मछिन्द्रका खेलाडीले पहिलो हाफमा गुमाए। गोल भएको अर्को मिनेटमै विशाल राईले विपक्षि टिमको गोलकिपर अगाडि आइसकेको अवस्थामा गरेको प्रहार पोस्टबाहिर गएको थियो।

त्यस्तै, २२ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको प्रहारलाई अफसाइडमा रहेका अभिषेक रिजालल पुनः प्रहार गरेपछि सो गोलले मान्यता पाएन। यससँगै पहिलो हाफमा मछिन्द्र एक गोलले अघि रह्यो।

‘खेलमा हाम्रो धेरै अवसरहरु मिस त भए नै,’ कटुवालले भने, ‘तैपनि हामीले तीन अंक लिएका छौं त्यसमा म धेरै खुसी छु।’

एक गोलले पछि परेको अवस्थामा सुरु गरेको दोस्रो हाफको ५८ औं मिनेटमै एनआरटीले गोल फर्कायो। मिडफिल्डर विस्टले फ्रि किकमार्फत् सानदार गोल गरे। विस्टको प्रहारमा मछिन्द्रका गोलकिपर श्रेष्ठ निरिह रहे। उनको हात गोलसम्म पुग्नै सकेन्।

फ्रि किकलाई लिएर एनआरटीका प्रशिक्षक शाक्य पछिल्लो अभ्यास सम्झन्छन। उनी भन्छन्, ‘फ्रि किकसम्बन्धि हिजोअस्ति मात्र अभ्यास गरेको। त्यसमा हामी सफल भयौँ।’

यता मछिन्द्रका प्रशिक्षकले भने त्यो फ्रि किकप्रति असन्तुष्टि जनाए।‘एकदुई पटक चाहिँ रेफ्रिको गल्तीले गर्दा पनि हामीलाई असहज फिल भयो। त्यो जुन फ्रि किक थियो। त्यो समयमा सुजलले अघिबाट नै ब्लक गरेको थियो। तर रेफ्रीले फ्रि किक दिए,’ प्रशिक्षक कटुवालले असन्तुष्टि जनाए।

खेलको ६२ औं मिनेटमा मछिन्द्रका सुनिल बलको गोलले मान्यता पाएन। अफसाइडको अवस्थामा गोल गरेपछि त्यो गोलले मान्यता नपाएको हो। त्यो समयमा पनि मछिन्द्रको टेक्निकल क्षेत्र निकै क्रोधित बनेको थियो। ८० औं मिनेटमा त मछिन्द्रका अफिसियल नविन श्रेष्ठले पहेँलो कार्ड नै पाए। खेलमा तीन खेलाडीले त्यस्तो कार्ड पाएका थिए।

खेलेका ६५ औं मिनेटमा डिफेन्डर रंजित धिमालको क्रसमा पोस्टअघिबाट फरवार्ड अभिषेकले हेडर गरे पनि त्यो गोल पोस्टभित्र छिर्न सकेन्। ६७ औं मिनेटमा धिमालकै क्रसलाई मछिन्द्रका कुनै फरवार्डले भेट्न सकेनन्। यो पटक पनि गोल पोस्टबाट बाहिरयो।

६९ औं मिनेटमा मिडफिल्डर दर्शनको प्रहारले पोस्टको दिशा लिन सकेन्। दोस्रो हाफको ५८ औं मिनेटमा नुर्लानको ठाउँमा मैदान छिरेका मनिष डाँगीले ७४ औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार एनआरटीका गोलकिपर अजित प्रजापतिले मुश्किलले बचाए।

तर, खेलको ८० औं मिनेटमा सुनिल बललले मछिन्द्रलाई पुन अग्रता दिलाए। खेलको ११ मिनेट बाँकी रहँदा मैदान छिरेका विमल घर्ति मगरले ८४ औं मिनेटमा गोलकिपर प्रजापतिसँग वान टू वानको अवस्थामा गोल गर्न सकेनन्।

खेल अविधभर मैदानमा चम्किएका मेसुके र स्टेफेन विनोङको जोडीले भने गोल गर्न सकेन्। गएको जेठमा सम्पन्न नेपाल सुपर लिगमा यि दुई खेलाडीको सहयोगमा काठमाडौं रेजर्सले उपाधि जितेको थियो।

त्यसपछि दुवै खेलाडीलाई एनआरटीले अनुबन्ध गरेको थियो। यि दुवै खेलाडीले मैदानमा मछिन्द्रका डिफेन्डरलाई भने निकै व्यस्त राखे। तर गोल गर्न सकेनन्। मेसुके र स्टोफेन विनोङलाई संकेत गर्दै प्रशिक्षक कटुवाल भन्छन्, ‘एनआरटीसँग नेपालमा भएकामध्ये सबैभन्दा राम्रा दुई अफ्रिकन खेलाडी छन्। त्यसले गार्दा पनि हामीलाई धेरै गाह्रो भयो।’


 ती दुई खेलाडीबारे बोल्दै शाक्यले उनीहरुलाई सहयोगको कमी भएको जनाएका छन्।

मछिन्द्रका स्टार फरवार्ड विमल र मनिषले सुरुआति रोजाइमा अवसर नपाउनुले यो पनि संकेत गर्छ कि मछिन्द्रमा अब फरवार्डको लागि कुनै ठाउँ बँचेका छैन्। नेपालका स्टार फरवार्ड खेलाडीले भरिएको टिम छ मछिन्द्र। जहाँ सबै खेलाडी ९० मिनेट नै मैदानमा बिताउन चाहन्छन्।

त्यसले के प्रशिक्षकलाई दबाब बढेको छ ? जवाफमा प्रशिक्षक कटुवाल भन्छन्, ‘सुरुआति ११ छान्न पनि साह्रो परेको छ। तर जित्नका लागि मैले छानेर खेलाउनु पर्ने हुन्छ। ६०–७० मिनेटमा खेलाडी थाकेपछि अर्को खेलाडी पनि हाल्नै पर्ने हुन्छ। जसरी हुन्छ मिलाएर लैजानु पर्छ। भनेजस्तै गाह्रो चाहिँ नहोला।’

फरवार्डमा बलियो भए पनि मछिन्द्रलाई मिडफिल्डको अभाव पहिलो खेलमै देखियो। पछिल्लो सिजनका बेस्ट मिडफिल्डर विसाललाई मिडफिल्ड सम्हाल्न धपेडी परेको थियो। ‘उनी थाकेका जस्ता देखिएपछि ८० मिनेटमा परिवर्तन गरेको हो,’ कटुवालले भने, ‘धेरै लोड पर्यो मिडफिल्डमा। पछि सुजलाई तल तानेर खेलाएको हो।’


 

प्रकाशित: Nov 22, 2021| 20:31 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।