शनिबार, चैत ७, २०८२

बिहान खाली पेटमा भिजाएको चना खानुका चार फाइदा

स्वास्थ्य विज्ञहरूका अनुसार भिजेको कालो चनामा धेरै प्रकारका पोषक तत्वहरू पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्नमा महत्वपूर्ण भूमिका खेल्छ।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं- चना वर्षौंदेखि हामी सबैको घरमा प्रयोग हुँदै आएको छ। भिजाएर चना खानु स्वास्थ्यका लागि बढी फाइदाजनक मानिन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार बिहानको खाजामा एक मुट्ठी चना खाएमा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। चनालाई रातभर पानीमा भिजाएर बिहान नरम भएपछि खान सकिन्छ। 

National life

स्वास्थ्य विज्ञहरूका अनुसार भिजेको कालो चनामा धेरै प्रकारका पोषक तत्वहरू पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्नमा महत्वपूर्ण भूमिका खेल्छ। 

प्रोटिन र आइरनले भरिपूर्ण

शाकाहारी मानिसहरुका लागि खानाबाट प्रोटिन प्राप्त गर्नु ठूलो चुनौती हो। त्यस्ता व्यक्तिहरुका लागि भिजेको चना खानु निकै फाइदाजनक हुन्छ। भिजेको चना प्रोटिनले भरपूर हुन्छ, यसबाहेक यदि तपाई एनिमियाबाट पीडित हुनुहुन्छ भने चनालाई आहारमा समावेश गर्नुपर्छ। यसमा प्रशस्त मात्रामा आइरन पाइन्छ र यसले शरीरमा हेमोग्लोबिनको स्तर बढाउन मद्दत गर्छ।

पाचनलाई बलियो बनाउँछ

Laxmi sunrise bank
kumari

भिजेको चनामा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पाचन प्रणालीलाई सुधार्न मद्दत गर्छ। यसले तपाईंको शरीरबाट सबै हानिकारक विषाक्त पदार्थहरू बाहिर निकालेर पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ। चनाको नियमित खानाले कब्जियत र अपच जस्ता पाचन समस्यालाई टाढा राख्छ।

तौल घटाउन सहयोग गर्छ

स्वास्थ्य विशेषज्ञहरुका अनुसार मोटोपन भएका र तौल घटाउन चाहनेहरुका लागि भिजेको कालो चना खानु राम्रो विकल्प हुनसक्छ। एन्टिअक्सिडेन्टले भरिपूर्ण, कालो चनामा फाइबर पनि उच्च हुन्छ जसले तपाईंलाई लामो समयसम्म पेट भरिएको महसुस गराउँछ। यस कारण, तपाईलाई अस्वस्थ खाने कुरा इच्छा हुँदैन र वजन सजिलै घटाउन सकिन्छ।

कोलेस्ट्रोलको मात्रा कम गर्छ

चनामा घुलनशील फाइबर हुन्छ जसले कोलेस्ट्रोलको स्तर घटाउँछ र पित्त एसिड नियन्त्रण गर्छ। चनामा पाइने डाइटरी फाइबर तपाईको समग्र स्वास्थ्यको लागि धेरै राम्रो मानिन्छ। राम्रो कोलेस्ट्रोलको स्तर कायम राख्नाले हृदय रोगको जोखिम पनि कम हुन्छ।  -अमर उजालाबाट

प्रकाशित: Nov 23, 2021| 05:10 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्