बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संस्कृति र सभ्यता संरक्षणका लागि चुरे संरक्षण आवश्यक : राष्ट्रपति

संस्कृति र सभ्यता संरक्षणका लागि चुरे संरक्षण आवश्यक : राष्ट्रपति

महोत्तरीको मटिहानी नगरपालिका–७ मा नवनिर्मित रंगशालाको सोमबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश नं २ को सभ्यता र पर्यावरणमा चुरेको भूमिका महत्वपूर्ण रहेको बताएकी हुन्।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षण गर्न सके समग्र संस्कृति र सभ्यताको संरक्षण हुने बताएकी छन्। महोत्तरीको मटिहानी नगरपालिका–७ मा नवनिर्मित रंगशालाको सोमबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश नं २ को सभ्यता र पर्यावरणमा चुरेको भूमिका महत्वपूर्ण रहेको बताएकी हुन्। 

प्राचीन ऋषिमुनिको तप र साधना भूमि मिथिला क्षेत्रका राष्ट्रिय सम्पदा र यहाँको गौरवमय संस्कृतिको संरक्षणमा पहलकदमी लिन सम्बद्ध सबै पक्षसँग आग्रह गरेकी हुन्।

मुलुकको तराई क्षेत्र अन्‍न उत्पादनको उर्वर भूमि रहेको हुँदा कृषिमा नयाँ प्रविधिको प्रयोग र अभ्यास बढाउँदै किसानलाई आधुनिक खेतीतर्फ लाग्‍न आवश्यक सिप, प्रविधि र सुविधा बढाउन स्थानीय तह, प्रदेश र केन्द्रसहित तीनै तहका सरकारले पहलकदमी लिनपर्ने राष्ट्रपति भण्डारीले बताएकी छन्।

तराईको जीवन चुरे पर्वतसँग अभिन्‍नरुपले जोडिएको हुँदा चुरेको संरक्षणमा समुचित ध्यान पुग्‍न आवश्यक रहेको राष्ट्रपति भण्डारीले बताइन्। चुरेको संरक्षण विना तराईको समृद्धि सम्भव नरहेको राष्ट्रपति भण्डारीले बताएकी हुन्। 

राष्ट्रपति भण्डारीले ३०० वर्ष पहिले मटिहानीमा स्थापित तत्कालीन संस्कृत पाठशाला र हालको राजकीय संस्कृत माध्यमिक विद्यालयले देशमा शिक्षाको ज्योति छर्न महत्वपूर्ण योगदान दिएको राष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन्। 

समारोहमा राष्ट्रपति भण्डारीलाई मटिहानी नगरपालिका, सांसद चन्दा चौधरी र महोत्तरी उद्योग वाणिज्य सङ्घले मिथिला कला, संस्कृति झल्कने उपहार प्रदान गर्नुभएको थियो। सो अवसरमा मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले राष्ट्रपतिलाई अभिनन्दनपत्र प्रदान गरेकी हुन्। 


प्रकाशित: Nov 22, 2021| 20:50 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।