शुक्रबार, भदौ ५, २०८३

विनोद चौधरी मधेसी कोटामा कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

विनोद चोधरी सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

काठमाडौं- नेपाली कांग्रेसका सांसद् समेत रहेका विनोद चौधरी महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत भएका छन्। सोमबार नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट मधेशी कोटामा उनी सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।

नेपाली कांग्रेसको विधानमा प्रत्येक निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि गठित आर्थिक समितिका उनी सल्लाहकार समेत हुन्। सूचना तथा सञ्चारमन्त्री समेत रहेका आर्थिक समितिका संयोजक ज्ञानेन्द्रबहादुर कार्कीले १० जना सदस्य र ४ जना सल्लाहकार नियुक्त गर्दा उनलाई सल्लाहकार बनाएका हुन्। 

फोर्ब्सका अनुसार चौधरी नेपालका एक मात्र अर्बपति हुन्। गत निर्वाचनमा चौधरी समानुपातिक कोटामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभाका सांसद् बनेका थिए। 

प्रकाशित: Nov 22, 2021| 17:24 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...