बिहीबार, चैत १२, २०८२

एसियन गेम्स: पुरुष फुटबल अन्तर्गत नेपाल र जापान समूह 'डी' मा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- इन्डोनेसियामा आयोजना हुने एसियन गेम्स अन्तर्गत पुरुष फुटबलको समूह चरणको ड्र सार्वजनिक भएको छ। नेपाल समूह डी मा जापान, पाकिस्तान र भियतनामसँग प्रतिस्पर्धा गर्नेछ।

एसियाड अन्तर्गत अगस्ट १४ बाट सुरु हुने पुरुष फुटबलमा २४ टोली ६ समूहमा विभाजित भएका छन्। हरेक समूहका शिर्ष दुई टोली र चार शिर्स स्थानका तेस्रो स्थानको टोलीले राउण्ड अफ १६ मा स्थान पाउनेछ।

यू-२३ उमेर समूहको यस प्रतियोगितामा तीन सिनियर खेलाडीलाई स्थान दिईनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसर १० गते प्रतियोगितामा सहभागी गराउन २० सदस्यीय यू २३ टोलीको घोषणा गरेको थियो। गोलकिपर किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द र स्ट्राइकर भरत खवास २३ वर्षमाथिका तीन खेलाडी हुन्।



एसियाली खेलकुदका लागि छनोटमा परेका खेलाडी

१. किरण कुमार लिम्बु
२.एलेन न्यौपाने
३.सोजित गुरुङ
४. अनन्त तामाङ
५.आदित्य चौधरी
६.कमल श्रेष्ठ
७. सुमन अयौल
८. दिनेश राजवंशी
९.रोहित चन्द
१०.हेमन गुरुङ
११. हेमन्त थापामगर
१२. गौरव बुढाथोकी
१३. छिरिङ गुरुङ
१४. अन्जन विष्ट
१५. सुनिल वल
१६. भरत खवास
१७. सुमन लामा
१८. अभिषेक रिजाल
१९. तेज तामाङ
२०.विमल घर्तीमगर

मुख्य प्रशिक्षकः ग्योतोकु कोजी
प्रशिक्षकः बाल गोपाल महर्जन

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।