आइतबार, असार २१, २०८३

नेपालले हङकङलाई दियो १०५ रनको लक्ष्य

यूएईमा जारी आईसीसी विश्वकपको जारी एसियाली छनोटमा हङकङविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १०४ रन जोडेको छ।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

काठमाडौं– यूएईमा जारी आईसीसी विश्वकपको जारी एसियाली छनोटमा हङकङविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १०४ रन जोडेको छ। नेपाले पूरा ओभर खेल्दै तीन विकेट गुमाएर १०४ रन जोडेको हो। यससँगै नेपालले हङकङलाई १०५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

दुवईस्थित आईसीसीको एकेडेमीमा आज सवा ११ बजेबाट सुरु भएको खेलमा नेपाली ओपनर सिता राना मगरले ५८ बलमा अविजित ४० रनको योगदान दिइन्। उनले चार चौकाका साथै सो रन जोडिन्। त्यस्तै, इन्दु वर्माले ३१ रन बनाइन्। तर ओपनर कविता कुँवर र काजल श्रेष्ठले राम्रो सुरुआत गर्न सकेनन्। कुँवर शून्य रनमै आएट भइन् भने श्रेष्ठले चार रन जोडिन्।

बलिङतर्फ हङकङका बेट्टी चान र केरी चानले समान १–१ विकेट गिराए।

आज सोमबारबाट सुरु भएको आईसीसी विश्वकप २०२३ को एसियाली छनोटमा नेपालले पाँच खेल खेल्दैछ। छनोटमा कुल ६ टिमको सहभागिता रहेको छ। त्यहाँ नेपालसहित हङकङ, यूएई, भुटान, मलेसिया, कुवेतले प्रतिस्पर्धा गर्नेछन्।

दुबईको आईसीसी क्रिकेट एकेडेमीको मैदानमा आगामी २८ तारिखसम्म चल्ने छनोटअन्तर्गत पहिलो खेलमा नेपालले हङकङको खेलिरहेको छ। यो छनोटको शीर्ष स्थानमा रहने टिमले विश्वकपको ग्लोबल क्वालिफायर खेल्नेछ।

प्रकाशित: Nov 22, 2021| 12:53 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।