आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ए डिभिजन लिगमा आज : साबिक विजेता मच्छिन्द्र–एनआरटी र विभागीय डर्बीको खेल

ए डिभिजन लिगमा आज : साबिक विजेता मच्छिन्द्र–एनआरटी र विभागीय डर्बीको खेल

सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ।

National life

यो लिगमा पुलिस आर्मी दुवै उपाधि जित्ने लक्ष्यका साथ होमिएका छन्। आफ्नो तयारी राम्रो भएकाले उपाधि जित्ने लक्ष्य रहेको पुलिसका प्रशिक्षक अन्ततः थापा बताउँछन्।

उनले भने, ‘विभागीय टिमले जहिल्यै पनि रेगुलर अभ्यास गरिरहेको हुन्छ। लिगको तयारी थप उत्कृष्ट छ। आशा छ उपाधि जित्छौं। हाम्रो युवा टिम छ। त्यसलाई क्यापिटलाइज गरेर सरप्राइज नजिता दिने हो।’

त्यसैले उसले पहिलो खेलमै अर्को उपाधि दाबेदार टिमलाई हराएर लिगको सुरुआत गर्न चाहन्छ। उनले आफ्ना खेलाडीहरूको पहिल्यैबाट राम्रो कम्युनिकेसन भएको कारण सुरुबाटै राम्रो खेल्ने बताए। उनले भने, ‘एकै खेलाडीसँग वर्कआउट भएको र लामो समय राम्रो कम्युनिकेसन भएकाले खेलाडीलाई एक अर्कोको क्षमता त कमजोरी थाहा छ।’

त्यस्तै पुलिसका कप्तान राम वाजीको ए डिभिजन लिगमा यो पहिलो कप्तानी हो। उनले आफ्नो टिम पाँच महिनादेखि तयारी गरिरहेको पनि बताएका छन्।

Laxmi sunrise bank
kumari

यता आर्मी भने पहिलो खेलबाटै लिग जित्ने दाउमा छ। आर्मीका सहायक प्रशिक्षक राजु तामाङ आफ्नो पनि लक्ष्य उपाधि नै रहेको बताउँछन्। भन्छन्, ‘उपाधि नै एकमात्र लक्ष्य हो। पछिल्लो वर्षको तुलनामा यो वर्ष टिम राम्रो छ। तर नवयुग श्रेष्ठको ठाउँमा भरत खवार, जर्ज प्रिन्स कार्की, सुदिल राईजस्ता फरवार्ड राम्रा छन्। नयाँ खेलाडी पनि छन्। उनीहरूसँग पनि आशा छ।’

आर्मीका कप्तान भरत खवासलाई भने पछिल्लो समय आर्मी एक दुई अंकले चुकेको निकै चर्को गरी याद छ। अन्तिम खेलमा एक गोलले हार बेहोर्दा आर्मीले लिगको उपाधि नै गुमाएको थियो। त्यसैले ऊ पनि पहिलो खेलबाटै जित निकाल्ने दाउमा छ।

उनले भने, ‘लामो समय भयो लिग खेलेको, आर्मी पटक पटक चुकेको छ। तर अबको मेरो लक्ष्य भनेकै च्याम्पियन हो। अन्तिममा गएर केही कुरामा असफल भएका छौं। तर, कमी कमजोरीलाई सुधारेर अघि बढिरहेका छौं।’

सोमबार दिउँसो पौने ५ बजे हुने खेलमा न्यु रोड टिम (एनआरटी)ले साबिक विजेता मच्छिन्द्र क्लबसँग खेल्दैछ। उनले लिगको सुरुबाटै वेस्ट दिने प्रयास गर्ने बताए। उनले भने, ‘हामीले विदेशी स्टार खेलाडी ल्याएका छौं। मेसुके ओलुमोउ र स्टेफेन विनोङ ती दुई अगाडी खेल्ने निकै राम्रा खेलाडी हुन्। दर्शन गुरुङ र अशोक पनि राम्रा छन्।’

त्यस्तै अजित प्रजापतिले भने मच्छिन्द्र लिगको मुख्य  दाबेदार भएको बताए। त्यसैले उनले राम्रो फाइट गर्ने बताए।

त्यस्तै, साबिक विजेता मच्छिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल सुरुवातबाटै जित निकाल्नेमा ढुक्क छन्। सबै टिमले मच्छिन्द्रलाई उपाधि दाबेदारको रूपमा रहेका छन्। प्रशिक्षक कटुवालले उपाधि रक्षाका लागि खेलाडी थपेका छन्। त्यसले राम्रो सुरुआत गर्ने बताए

यता कप्तान सुजल श्रेष्ठ पनि लगातार चौथो पटक लिग जित्ने तयारीमा छन्। उनले भने, ‘तीन लगातार लिग जित्दा चौथो पटक जित्न चुनौती छ। यसपालि पनि पहिलेको युवा जोस जस्तै गरी खेल्नेछौं।’

प्रकाशित: Nov 22, 2021| 06:55 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।