शनिबार, चैत ७, २०८२

पोखरा विश्वविद्यालय स्नातक तहमा छात्रवृत्तिका लागि आवेदन माग [विवरणसहित]

पोखरा विश्वविद्यालयले स्नातक तहको छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको छ।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

काठमाडौं- पोखरा विश्वविद्यालयले स्नातक तहको छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको छ। विश्वविद्यालयल आङ्गिक, संयुक्त आङ्गिक र सम्बन्धनप्राप्त कलेजहरुमा निःशुल्क छात्रवृत्ति अध्ययनका लागि खुला प्रतियोगिताबाट विद्यार्थी छनौट गर्न दरखास्त आह्वान गरेको हो।

National life

विश्वविद्यालयमा छात्रवृत्ति कोटामध्ये ६० प्रतिशत विद्यार्थी स्थानीय छात्रवृत्ति र शिक्षक तथा कर्मचारी सन्ततिबाट छानिनेछन् भने ४० प्रतिशत विद्यार्थी अपाङ्ग, सहिद तथा जनआन्दोलन घाइते/पीडित, दुर्गम, दलित, जनजाति र मधेसी समुदायबाट छानिने सूचनामा उल्लेख छ।

खुला र आरक्षित दुवैतर्फका छात्रवृत्तिमा महिला ५० प्रतिशत छानिने विश्वविद्यालयले जनाएको छ। सार्वजनिक विद्यालयमा अध्ययन गर्नेले पाउन छात्रवृत्ति प्राप्त गर्न कक्षा ६ देखि कक्षा १० सम्म सार्वजनिक विद्यालयमा अध्ययन गरेको हुनुपर्नेछ। 

विश्वविद्यालयले तोकिएको दस्तुर बुझाएर अनलाइनमार्फत दरखास्त दिन सक्ने व्यवस्था गरेको छ। यसका साथै विश्वविद्यालयले छात्रवृत्ति कोटामा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी छनोट भएपछि पनि कोटा रिक्त रहेमा संस्थागत विद्यालयमा अध्ययन गरी एसईई वा सोसरह उत्तीर्ण गरेका विद्यार्थीलाई मेरिटका आधारमा छत्रावृत्ति उपलब्ध गराउने जनाएको छ।

छात्रवृत्तिका लगि परीक्षा पुष ३ र ४ गते सञ्चालन गरिने विश्वविद्यालयले जनाएको छ। परीक्षार्थीले विश्वविद्यालयको प्राज्ञिक भवन कास्किमा सञ्चालन हुने ३ घण्टाको वस्तुगत परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ।

Laxmi sunrise bank
kumari

सूचनाको पूर्ण विवरण

प्रकाशित: Nov 21, 2021| 21:25 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्