आइतबार, असार २१, २०८३

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक सोल्सायर बर्खास्त

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक ओले गनर सोल्सायरलाई बर्खास्त गरेको छ।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

काठमाडौं– इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक ओले गनर सोल्सायरलाई बर्खास्त गरेको छ। शनिबार राति वाटफोर्डसँग ४–१ गोलको लज्जास्पद हार व्यहोरेपछि युनाइटेडले सोल्सायरलाई बर्खास्त गरेको हो।

पछिल्ला खेलमा लगातारको खराब नतिजापछि सोल्सायरको आलोचनाको शिकार बनिरहेका थिए। चालू सिजनका १२ खेल सकिँदा ५ जित, ५ हार र २ बराबरीको नतिजा निकालेर युनाइटेड प्रिमियर लिगको अंक तालिकामा १७ अंक जोडेर सातौं स्थानमा छ। 

सन् २०१८ मा जोसे माउरिन्होलाई रिप्लेस गर्दै मुख्य प्रशिक्षकमा नियुक्त भएका सोल्सायरको नेतृत्वमा युनाइडेटले १६८ खेल खेलेको थियो। जसमध्ये युनाइटेडले ९१ खेलमा जितेको थियो भने  ३७ खेल बराबरी र ४० खेलमा पराजय भोगेको थियो।

सोल्सायरको नेतृत्वमा युनाइटेड २०२०–२०२१ को सिजनमा युरोपा लिगको फाइनलसम्म पुगेको थियो। सोल्सायर युनाइटेडका पूर्व खेलाडी समेत हुन्। १९९६ देखि २००७ सम्म युनाइटेडबाट खेलेका उनले ६ प्रिमियर लिग, २ एफए कप, २ कम्युनिटी शिल्ड र एक च्याम्पियन्स लिग उपाधि जितेका थिए।

युनाइटेडले सोल्सायरलाई बर्खास्त गर्दै भनेको छ, ‘सोल्सायर युनाइटेडमा सँधै लिजेन्डकारुपमा रहनेछन्। उनको आगामी भविष्यका लागि क्लब शुभकामना दिन चाहन्छ। प्रशिक्षकका रुपमा उनले तीन वर्ष दिएको योगदानका लागि धन्यवाद। म्यानचेस्टर युनाइटेडको परिवारका हिस्साकारुपमा उनलाई ओल्ड टार्फोडमा सँधै स्वागत छ।’

सोल्सायरको बर्खास्तीपछि युनाइटेडले माइकल क्यारिकले टिम सम्हाल्ने युनाइटेडले जनाएको छ।

प्रकाशित: Nov 21, 2021| 20:46 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।