आइतबार, वैशाख ७, २०८२

मनाङले जवलाखेलविरुद्ध लगातार तेस्रोपटक निकाल्यो उस्तै नतिजा

मनाङले लिगमा लगातार तेस्रो पटक जावलाखेलमाथि १–० गोलको जित निकालेको छ। उसले २०७५ र २०७६ सालको लिगमा पनि सोहि नतिजाका साथ खेल जितेको थियो।
 |  आइतबार, मंसिर ५, २०७८
nespernesper

विनय सापकोटा

विनय सापकोटा

आइतबार, मंसिर ५, २०७८

vianetvianet

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक आठ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लबले यो वर्षको लिग साँघुरो जितबाट सुरु गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ सम्पन्‍न खेलमा उसले जवलाखेल युथ क्लबमाथि १–० गोलको जित निकालेको हो।

triton college

मनाङले लिगमा लगातार तेस्रो पटक जावलाखेलमाथि १–० गोलको जित निकालेको छ। उसले २०७५ र २०७६ सालको लिगमा पनि सोहि नतिजाका साथ खेल जितेको थियो।

मनाङलाई आइबार जित दिलाउन दिनेश राजवंशीले निर्णायक गोल गरे। खेलको ३२ औं मिनेटमा मनाङका ओलावाले अफिज ओलादिपोले गरेको गोल रेफ्री प्रज्वल क्षेत्रीले अफसाइड करार गरिदिएका थिए। पुजन उपरकोटीले प्रहार गरेका फ्रि किकलाई ओलावालेले हेडरमार्फत् पोस्टमा छिराएका थिए।

पहिलो हाफमा मनाङले धेरै समय जावलाखेलको पोस्ट वरिपरि बल खेलाएर विपक्षीलाई दबाब दिएको थियो। तर जवालाखेलले काउन्टर अट्याकमा गोल निकाल्ने प्रयास गरिरह्यो। त्यसै क्रममा पहिलो हापको अन्तिम मिनेटमा ओन्गुना एनकेन्गे जुनियरले प्रहार गरेको हेडर गोल बारमा लागेर फर्किएको थियो।


National life insurance

 जुनियरले सुरज ज्यू ठकुरीको कर्नर बललाई हेडरले पोस्टतर्फ प्रहार गरेका थिए। खेलको दोस्रो हाफ आक्रामक रुपमा सुरु भएको थियो। दोस्रो हाफको पहिलो मिनेटमा कप्तान अन्जन विष्टको पासमा ओलावालेले गरेको प्रहार गोलकिपर टिकेन्द्र सिंह थापाको हातमा पुगेर रोकिएको थियो।

ओलावालेको पाससमा अन्जनले हेडले गरेको प्रहार पोस्टबाहिर गएपछि मनाङले गोलको अवसर गुमाएको थियो। ५४ औं मिनेटमा गोलकिपर थापालाई बिट गरिसकेको अवस्थामा पनि मनाङ गोल गर्न नसकेको हो।

तर अर्को अवसर भने मनाले खेर फालेन। भारतीय खेलाडी दयानन्द सिंह प्रहार गरेको कर्नर प्रहारलाई दिनेश राजवंशीले पोस्टको बायाँ कुनामा छिराउँदै गोल गरे। इससँगै ५७ औं मिनेटमा मनाङले ०–१ गोलको अग्रता बनायो।

त्यस्तै ५८ औं मिनेटमा पेनाल्टी बक्स भित्रबाट रुप बहादुर लामाले पोस्टको फ्रेममा गरेको प्रहार गोलकिपर विसाल सुनारको हातमा पुगेर रोकिएको थियो। त्यसको दुई मिनेटमै सुनिल खड्काको हेडर सुनारले त्यसरी नै बचाएका थिए।

खेलको ७२ औं मिनेटमा मनाङका सरोज योन्जन लामाले आफ्नो पेनाल्टी क्षेत्रमा बल गुमाएपछि जवलाखेलले गोलको सहज अवस्था पाएको थियो। तर गोलकिपर सुनारलाई पछि छोडिसकेको अगस्थामा पनि फरवार्ड ओन्गुनाले गोल गर्न सकेनन्। अन्ततः पछाडी बाट आएर गोलकिपर सुनारले बल नियन्त्रणमा लिए।

 खेलमा दिनेश राजवंशी म्यान अफ दि म्याच बने। खेलपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै मनाङ प्रशिक्षक राजेन्द्र तामाङले मनाङ ठूलो क्लब भएकाले रणनीति नबनाइकन मैदानमा आएको बताए। उनले भने, ‘ओभरअल धेरै दबाब थिएन। क्लब नै ठूलो क्लब थियो। प्रशिक्षकको हिसाबमा खासै योजना पनि बनाउनु पर्दैन। उच्च लेभलको खेलाडी छन्।’

उनले जावलाखेलले आफूलो सोचेभन्दा जवालखेलले बलियो खेलेको बताए। उनले भने, ‘उनीहरु पनि बलियो नै थियो। अवसर बनाएको थियो। अट्याकिङ थर्डमा चाहिँ हामीले पोसेसन राख्न सकेनौँ। केही समस्या भएको थियो। पहिलो खेलमा तालमेल मिल्दैन नि। अब मिल्दै जान्छ।’

उनले पछि विस्तारै पोसेसन आएपछि गोल निस्कन सकेको बताए। उनले भने, ‘उनीहरु काउन्टर अट्याकमा गइरहेको थियो। धेरै असर बनाए थियो।’

जावलाखेल प्रशिक्षक किशोर केसीले भने दुवै टिमले राम्रो खेलेको बताए। उनले भने, ‘दुवैको ट्याक्टिकल, फिजिकल पार्ट राम्रो हो। हामीले पनि अवसर सिर्जन गरेको हो। दोस्रो हाफमा गोल आयौँ। पहिलो हाफ त बाराबरी थिया नि।’

उनले थपे, ‘चार स्ट्राइकर युज गरे। तर सकिएन। धेरै राम्रो अवसर पायौँ। जितबाट बन्चित भयौँ। दुख लागेको छ। सोचेअनुसार भएन। मनाङविरुद्ध अवसर सिर्जना भए पनि फिनिसिङ भएन। आज हामी जितका लागि आएका थिएनौं। हामी केही रक्षात्मक थियौँ। एक स्ट्राइकर माथि राखेर डिफेन्स गर्ने शैलीमा थियौँ।’

जारी लिगका पाँच खेलमा सुरुआति दुई खेल बराबरी भएका छन् भने तेस्रो खेलमा थ्रिस्टारले च्यासललाई हराएको थियो। आइतबारको पहिलो खेलमा ब्रिगेड बोइज क्लबले एपीएफमाथि जितनिकालेको थियो।

प्रकाशित: Nov 21, 2021| 19:13 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।