आइतबार, असार २१, २०८३

सोमबारदेखि सुरु हुँदै र्‍याङकिङ टेनिस सर्किट–२

प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका १७ पुरुष र १६ महिला गरी ३३ खेलाडीको सहभागी हुने नेपाल टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन्।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

काठमाडौं- नेपाल टेनिस संघको आयोजनामा काठमाडौं/एसियन यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ सोमबारदेखि सुरु हुँदैछ।

प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका १७ पुरुष र १६ महिला गरी ३३ खेलाडीको सहभागी हुने नेपाल टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन्। 

नेपालका १५ पुरुष र १४ महिला, भारतका समान १–१ पुरुष र महिला, पाकिस्तानका १ पुरुष तथा अमेरिकाकी १ महिला खेलाडीले चुनौती प्रस्तुत गर्नेछन्।

प्रतियोगितामा एकल र युगल रूपमा प्रतिस्पर्धा हुने छ। खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा खेलाइनेछ।

सर्किट– १ गत शुक्रबार सम्पन्न भएको थियो। सर्किट– १ मा पनि एकल र युगल स्पर्धामा खेल भएको थियो। दुवै स्पर्धामा नेपाली खेलाडीले शीर्ष स्थान हात पारेका थिए। 

एकल पुरुषमा सक्षमविक्रम शाह र महिलामा सुनिरा थापा पहिलो भएका थिए। युगलतर्फ भने पुरुषमा सक्षमविक्रम शाह र आयुशमान हजुर घले तथा महिलामा सुनिरा थापा र प्रशंसा मोक्तानको जोडीले स्वर्ण चुमेका थिए। सर्किट– २ शुक्रबारसम्म चल्ने छ।

प्रकाशित: Nov 21, 2021| 19:09 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।