काठमाडौं- नेपाल टेनिस संघको आयोजनामा काठमाडौं/एसियन यु–१४ र्याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ सोमबारदेखि सुरु हुँदैछ।
प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका १७ पुरुष र १६ महिला गरी ३३ खेलाडीको सहभागी हुने नेपाल टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन्।
नेपालका १५ पुरुष र १४ महिला, भारतका समान १–१ पुरुष र महिला, पाकिस्तानका १ पुरुष तथा अमेरिकाकी १ महिला खेलाडीले चुनौती प्रस्तुत गर्नेछन्।
प्रतियोगितामा एकल र युगल रूपमा प्रतिस्पर्धा हुने छ। खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा खेलाइनेछ।
सर्किट– १ गत शुक्रबार सम्पन्न भएको थियो। सर्किट– १ मा पनि एकल र युगल स्पर्धामा खेल भएको थियो। दुवै स्पर्धामा नेपाली खेलाडीले शीर्ष स्थान हात पारेका थिए।
एकल पुरुषमा सक्षमविक्रम शाह र महिलामा सुनिरा थापा पहिलो भएका थिए। युगलतर्फ भने पुरुषमा सक्षमविक्रम शाह र आयुशमान हजुर घले तथा महिलामा सुनिरा थापा र प्रशंसा मोक्तानको जोडीले स्वर्ण चुमेका थिए। सर्किट– २ शुक्रबारसम्म चल्ने छ।