काठमाडौं- नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय अधिवेशन अन्तर्गत ६० वटा जिल्लाको परिणाम प्राप्त भएको निर्वाचन समितिले जानकारी दिएको छ। शुक्रबार र शनिबार अधिकांश जिल्लाका प्रदेश सभाका क्षेत्रीय अधिवेशन सम्पन्न भएको र त्यसको मतपरिणाम प्राप्त हुने क्रम जारी रहेको समितिले जानकारी दिएको हो।
रसुवा, सिन्धुपाल्चोक र जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशनका कार्यक्रम सुरु नै नभएको समितिका सदस्य तेज रावलले जानकारी दिए। शुक्रबार र शनिबार अधिवेशनअनुसार ४७ जिल्लाको अधिवेशनको परिणाम प्राप्त भएको रावलले बताए। यसअघि नै हिमाली १३ जिल्लामा क्षेत्रीय अधिवेशन भइसकेको छ।
'४७ जिल्लाको परिणाम प्राप्त भएको छ। त्यसमा १३ जिल्लाको यसअघि नै परिणाम आइसकेको छ। सिन्धुपाल्चोक, रसुवा र सर्लाहीमा चुनाव हुन बाँकी छ,' उनले भने, 'देशभर शान्तिपूर्ण रूपमा निर्वाचन/अधिवेशनका काम अघि बढिरहेका छन्।'
समितिमा प्राप्त भएका विवरणलाई निर्वाचन क्षेत्रअनुसार मिलाउने काम भइरहेको उनले जानकारी दिए। देशभर निर्वाचन र महाधिवेशनका काम शान्तिपूर्ण रुपमा भइरहेको उनको भनाइ छ। रावलले शान्तिपूर्ण भनेतापनि केही स्थानमा विवाद भएका छन्।
काठमाडौं उपत्यकासहित केही जिल्लामा छानिएका प्रदेशसभा क्षेत्रीय सभापतिहरूको नामावली यसप्रकार छ:-
काठमाडौंमा प्रकाशमान अघि
काठमाडौंका २० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रीय सभापतिका लागि उम्मेदवारी घोषणा गरेका प्रकाशमान सिंह समूहका नेताहरू नेतृत्व चयन भएका छन्। शुक्रबार र शनिबार भएको निर्वाचनका कार्यक्रममा १६ वटा प्रदेश सभा निर्वाचन क्षेत्रका सभापति संस्थापन इतर समूहका भएको बताइएको छ।
काठमाडौं-१ (क) मा प्रह्लाद कार्की र (ख) मा सुमन श्रेष्ठ निर्विरोध चयन भएका छन्। उनीहरु दुवै जना नेता प्रकाशमान सिंह निकट हुन्। नेता सिंह पनि यही क्षेत्रबाट निर्वाचन लड्दै आएका छन्।
काठमाडौं २ (क)को सभापतिमा ध्रुव केसी र (ख) को सभापतिमा उद्धव खड्का निर्वाचित भएका छन्। उनीहरु पनि सिंह र नेता गगन थापा निकट भएको बताइएको छ।
काठमाडौं-३ (क) मा पनि सिंह निकट मानिने श्रीराम चालिसे र (ख) मा संस्थापन निकट मानिने विमल ठकुरी निर्वाचित भए।
गगन थापाको निर्वाचन क्षेत्र काठमाडौं-४ को (क) मा विमल हाडा र (ख) मा रामप्रसाद लुईटेल सर्वसम्मत रूपमा सभापति छानिएका छन्। हाडा सिंह निकट मानिन्छन् भने लुईंटेल थापा निकट भएको बताइएको छ।
गत प्रतिनिधि सभा चुनावमा डा प्रकाशशरण महत उम्मेदवार बनेको काठमाडौं- ५ (क) मा दिनेश डंगोल र ५ कै (ख) मा राजु खड्का विजयी भएका छन्। उनीहरु संस्थापन समूह नेताहरू भएको बताइएको छ।
काठमाडौं-६ (क) मा सिंह निकट मानिने खेमराज तिवारी सर्वसम्मत चयन भए। काठमाडौ-५ (ख) मा विष्णुभक्त तिमिल्सिना चयन भएका छन्। उनी भीमसेनदास प्रधान निकट हुन्।
काठमाडौं-७ (क) नविन मानन्धर र (ख) मा वासुदेव लामा निर्वाचित भएका छन्। उनीहरु दुवै जना सिंह निकट मानिन्छन्।
काठमाडौं-८ (क) मा इन्द्रमान सिंह सुवाल र (ख) मा शिव खनाल चयन भए। उनीहरू दुवै जना संस्थापन इतरका नेताहरू मानिन्छन्।
काठमाडौं-९ (क) मा मोहनकुमार बस्नेत र (ख) मा राजेन्द्र भट्टराई चयन भएका छन्। उनीहरु पनि संस्थापन इतरकै हुन्।
काठमाडौं-१० (क) मा शैलेश मानन्धर र (ख) मा धर्मानन्द श्रेष्ठ सभापतिमा चयन भए। उनीहरु सिंह निकट छन्।
ललितपुरमा १ प्रदेशसभा क्षेत्रीय सभापति सर्वसम्मत
तीन वटा निर्वाचन क्षेत्र भएको ललितपुरमा ६ वटै प्रदेशसभा क्षेत्रीय सभापति चयन भएका छन्। यी मध्ये ५ स्थानमा निर्वाचनमार्फत् सभापति चयन भएका छन् भने एक स्थानमा सर्वसम्मति भएको छ। ललितपुर-१ का दुवै, ललितपुर-३ पनि दुवै र ललितपुर-२ (क) निर्वाचनमार्फत् नेतृत्व चयन भएका छन् भने ललितपुर २ (ख)मा सर्वसम्मतिमा सभापत चयन भएका हुन्।
ललितपुर-१ (क) मिलन सिलवाल र (ख) मा ज्ञानबहादुर लो निर्वाचित भए। ललितपुर-२ (क) मा दिवाकर नेपाल निर्वाचित भए भने २ (ख) मा चन्द्रमान वज्राचार्य सर्वसम्मत भएका छन्।
यस्तै ललितुर-३ (क) मा जितेन्द्र श्रेष्ठ र (ख) मा सुरेन डंगोल सभापति बनेका छन्।
सत्तारुढ नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भक्तपुरमा शनिबार सम्पन्न प्रदेशसभाका चारै निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ।
भक्तपुरमा सबै निर्वाचित
भक्तपुरका सबै प्रदेश सभा निर्वाचन क्षेत्रका सभापति निर्वाचनबाटै छानिएका छन्। भक्तपुर-१ (क)मा प्रदीप कार्की सभापतिमा निर्वाचित भने भक्तपुर-१ (ख)को ओमप्रकाश श्रेष्ठ सभापति बनेका छन्।
भक्तपुर-२ (क) सभापतिमा जेहेन्द्र खड्का आएका छन् भने भक्तपुर-२ (ख) मा शिव हमाल छानिएका छन्।
काभ्रेमा ४ मध्ये एक सर्वसम्मत
काभ्रेपलाञ्चोकको चार प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रमा मतदानबाट नेतृत्व चयन भएको छ भने एक क्षेत्रमा सर्वसम्मति भएको छ।
शनिबार राति सार्वजनिक भएको परिणाम अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको ‘क’मा सर्वसम्मति भएको हो भने बाँकी क्षेत्रमा निर्वाचनबाट नेतृत्व चयन भएको हो।
निर्वान क्षेत्र १ (क)मा निर्विरोध सभापति हुनेमा रामबहादुर योञ्जन छन्। यस्तै उपसभापतिमा चन्द्रलाल दोङ र रणबहादुर तामाङ निर्विरोध भए भने सचिवमा दावा फेन्च लामा र रामशरण चौलागाईं चयन भएका हुन्।
काभ्रे १ ‘ख’मा निर्वाचन जितेर चन्द्रबहादुर लामा सभापति बने। उपसभापतिमा भने केशव बञ्जारा र सुदर्शन अधिकारी निर्वाचित भए।
काभ्रेको २ ‘क’को सभापतिमा हेम लामा बनेका छन भने उपसभापतिमा किरण श्रेष्ठ र जीवन खड्का चयन भए। उद्धवप्रसाद पौडेल र सञ्जय तामाङ सचिव हुँदा अनिल लामा र रमिला बानियाँ सहसचिव बने।
काभ्रकै २ 'ख'को सभापतिमा रामहरि श्रेष्ठ निर्वाचित हुँदा उपसभापतिमा कुमुदा वैद्य र गङ्गाप्रसाद घिमिरेले प्रतिस्पर्धीलाई पछि पारे। नेत्रप्रसाद ढकाल र युगेश्वर कायस्थ सचिव बनेका छन् भने दीपक लामिछाने र मनहरि ढकाल सहसचिवमा निर्वाचित भएका छन्।
मोरङमा कोइराला समूहको अग्रता
मोरङका १२ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका सभापतिमध्ये शेखर कोइराला पक्षको अग्रता देखिएको छ। १२ मध्ये ७ जना आफूपक्षका सभापति चुनएको कोइराला निकटका नेताहरूको दाबी छ।
मोरङ-१ (क) मा नरबहादुर मोक्तान सभापति भएर आएका छन्। मोरङ-१ (ख) मा राजकुमार लामा सर्वसम्मत भए। यी दुवै जना कोइराला निकट भएको बताइएको छ।
मोरङ-२ (क) मा कोइरालानिकट कन्हैयालाल राजवंशी सर्वसम्मत हुँदा मोरङ-२ (ख) मा देवेन्द्र बस्नेत सभापति भए। उनी पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन्।
मोरङ-३ (क) र (ख) दुवैमा शेखर निकट मानिएका सभापतिहरू चयन भए। (क)मा गंगा याखा सभापति बन्दा (ख) मा जगतलाल चौधरी वियजी भए।
मोरङ-४ (क) मा गुरुराज घिमिरे निकट एकाराम माझी नेता सभापतिमा चुनिएका छन् भने (ख) मा सुबोध निरौला चयन भए। उनी महेश आचार्य निकट मानिन्छन्।
मोरङ-५ का दुवै प्रदेशसभा क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भयो। (क)मा अचानु खा गनगाई र (ख) मा जितेन्द्र साह चयन भए। दुवै देउवा निकट भएको बताइको छ।
मोरङ-६ (क) मा दीपक भगत विजयी भए। भगत पनि नेता शेखर पक्षधर हुन्। मोरङ-६(ख) मा विजयी हुने मधुबाबु तिवारी निर्वाचित भए। यो कोइरालाकै क्षेत्र हो।
झापामा २ जना निर्विरोध
नेपाली कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशनअन्तर्गत झापामा २ प्रदेशसभा क्षेत्रका सभापति निर्विरोध चयन भएका छन्। ८ क्षेत्रमा भने निर्वाचनमार्फत् सभापति निर्वाचित भएका छन्।
झापा-१ (क)मा हरि बुढाथोकी र (ख)को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित भएका छन्। झापा-२ (क)को सभापतिमा लक्ष्मी आचार्य र (ख)को सभापतिमा किरण श्रेष्ठ निर्वाचित भएका छन्।
झापा-३ (क) र (ख)मा क्रमशः चिन्तामणि खरेल र तुलसीप्रसाद ओली सभापतिमा निर्वाचित भए। झापा-४ (क) र (ख)को चुनावी नतिजाअनुसार सभापतिमा पदमा क्रमशः विनोद ढकाल र ख्याम सिटौला निर्वाचित भए।
झापा-५ (क) को सभापतिमा जीवनकुमार राई र (ख)मा रवि न्यौपाने सभापतिका रूपमा विजयी भए।
नवलपुरको परिणाम मिश्रित
नवलपुर-१ (क)मा गोपालप्रसाद सापकोटा र (ख)मा हेमप्रसाद पाण्डे निर्वाचित भएका छन्। नवलपुर २ (क) मा रामचन्द्र भण्डारी र (ख)मा कृष्ण तिवारी निर्वाचित भए।
सापकोटा रामचन्द्र पौडेल निकट मानिन्छन्। पाण्डे महामन्त्री शशांक कोइराला निकटका हुन् भने भण्डारी पनि पौडेल निकटकै मानिन्छन्। तिवारी देउवा समूहका नेता हुन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत रुपन्देहीका १० वटा प्रदेश क्षेत्रमा गृहमन्त्री बालकृष्ण खाण निकटका तीन जना मात्रै प्रदेश क्षेत्र सभापतिमा विजयी भएका छन्।
रुपन्देहीमा गृहमन्त्री निकट ३ जना विजयी
रुपन्देही १ का दुवै प्रदेश सभापतिमा खाणनिकट उम्मेदवार विजयी भएका छन्। (क)मा नवीनराज जोशी र (ख)मा मदनराज पोखरेल प्रदेशसभा क्षेत्रको सभापति चुनिएका हुन्। खाणनिकट घनश्याम चालिसे ३ को 'ख' मा विजयी भएका छन्।
रुपन्देही-२ (क) र (ख) मा पौडेलपक्षीय उम्मेदवार विजयी भए। (क) मा खड्कबहादुर महत र (ख) मा परशुराम ढकाल विजयी भए।
रुपन्देही-३ (क) मा पौडेल पक्षले जित निकाल्न लागेपछि खाणनिकट आक्रमणमा उत्रिएको पौडेल पक्षको आरोप छ। पुरण श्रेष्ठ प्रदेशसभा क्षेत्रीय सभापतिमा जितनजिक पुगेका बेला खाण पक्षका कार्यकर्ता आक्रमणमा उत्रिएको आरोप छ। उक्त क्षेत्रको मत परिणाम प्राप्त भएको छैन।
रुपन्देही-४ को (क) मा शिवकुमार यादव र (ख)मा श्रीराम यादव विजयी भए। विजयी दुवैजना संस्थापनइतरका नेता हुन्।
रुपन्देही-५ को (क) मा विजयी रामबहादुर थापा र (ख)मा विजयी विन्दाराम यादव देउवानिकट मानिन्छन्।
नेपाली कांग्रेसको संस्थापनइतरले कैलालीका १० प्रदेश सभा क्षेत्रका सभापतिमा कुनै पनि जित निकाल्न सकेन।
कैलालीमा देउवा पक्षको क्लिनस्विप
कैलालीका १० वटै प्रदेशसभा क्षेत्रीय सभापतिमा देउवा पक्षले क्लिनस्विप गरेको छ। कैलाली-१ (क) मा परशुराम महतो (ख) मा बलिराम चौधरी सभापतिमा विजयी भएका छन्।
कैलाली-२ (क) मा भीम जैसी र (ख) मा तेजप्रकाश मल्ल विजयी भए। कैलाली-३ (क) मा रामप्रसाद चौधरी र (ख) मा कमलराज चौधरी सभापति छानिएका छन्।
कैलाली-४ (क) मा काशीराम शर्मा र (ख) मा गोपालदत्त भट्टले बाजी मार्दा कैलाली-५ (क) मा सीताराम राना र (ख) मा केशव जोशी क्षेत्रीय सभापति चयन भए।
सुनसरीको प्रदेश सभा क्षेत्रको अधिवेशनमा कांग्रेसको संस्थापनइतर पक्ष बलियो देखिएको छ। प्रदेश सभा क्षेत्रीय सभापतिमा संस्थापनइतरको बाहुल्यता रहेको छ।
सुनसरीमा संस्थापन इतरको अग्रता
सुनसरी १ (क) मा अनिल श्रेष्ठ र (ख) मा मुरारी भट्टराई प्रदेशसभा क्षेत्रीय सभापतिमा विजयी भएका छन्। उनीहरू दुवै जना संस्थापन इतर समूहका हुन्। सुनसरी-२ (क) मा विजयी सुवेक्छु देवान देउवा पक्षका हुन् भने (ख) मा निर्वाचित श्यामलाल मेहेता संस्थापन इतरका नेता हुन्।
सुनसरी-३ (क) संस्थापनइतरका दीपक ढकाल र सुनसरी-३ (ख)मा विजयी किरण चौधरी देउवा पक्षका हुन्। सुनससरी-४ को (क) मा देउवा पक्षका उपेन्द्र कटवाल विजयी हुँदा (ख) मा विजयी संस्थापन इतरका भिखारी मण्डल विजयी भए।
दाङमा संस्थापन इतर बलियो
दाङको प्रदेशसभा क्षेत्रको अधिवेशनमा कांग्रेसको संस्थापनइतर पक्ष बलियो देखिएको छ। प्रदेश सभाका ६ क्षेत्रीय सभापतिमध्ये पाँच जना संस्थापन इतरका विजयी भएका छन्। दाङ २ (क) मा विजयी प्रकाश श्रेष्ठ मात्रै सभापति शेरबहादुर देउवा निकट हुन्।
दाङको १ (क) मा श्रीपद चौधरी र (ख) मा विजयी दिनेश गिरी संस्थापनइतर समूहका हुन्। प्रदेश सभा क्षेत्रको सभापति विजयी यी दुवै स्थानमा संस्थापन इतरकै प्यानलले जित निकालेको छ।
दाङ २ (ख) मा अभियान बस्नेत निर्वाचित भएका छन्। ३ (क) मा देवेन्द्र रिजाल र ३ (ख) मा खिमबहादुर वली प्रदेश सभापतिमा विजयी भएका छन्। बस्नेत, रिजाल र वली संस्थापनइतरबाट निर्वाचित हुन्।
पाँच जना प्रदेश सभापति विजयी भएपछि महामन्त्री डा शशांक कोइरालानिकट केन्द्रीय सदस्य दीपक गिरी जिल्लामा थप बलियो भएका छन्।
कास्की
कास्की निर्वाचन क्षेत्र नम्बर १ (क)मा दुर्गाप्रसाद सुवेदी सभापतिमा निर्वाचित भए। कास्की १ को (ख)बाट कृष्णप्रसाद कोइराला सभापति निर्वाचित भएका छन्।
क्षेत्र नम्बर २ को (क)बाट दिनेश आचार्य सभापतिमा विजयी भए। क्षेत्र नम्बर २ को (ख)बाट दीपेन्द्र मर्सानी सभापति निर्वाचित भए।
क्षेत्र नम्बर ३ को (क) बाट पुष्पेन्द्र पाण्डे सभापतिमा निर्वाचित भएका छन्। क्षेत्र नम्बर ३ को (ख)बाट जीवनाथ पौडेल सभापतिमा निर्वाचित भए।
महिलामध्ये पहिलो बनिन् पाँचथरकी मैया
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय सभापति हुने पहिलो महिला मैया श्रेष्ठ बनेकी छन्। एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको पाँचथरको ‘ख’ को क्षेत्रीय सभापतिमा मैया श्रेष्ठ विजयी भएकी छिन्।
नगेन लामालाई पराजित गर्दै श्रेष्ठ सभापतिमा चयन भएकी हुन्। श्रेष्ठ संस्थापनइतर पक्षकी हुन्। पाँचथरको प्रदेशसभा ‘क’मा भोगिश्वर योङ्हाङ्ग विजयी भए।