शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि भीम रावलले भने– पत्रकार दूरदर्शी हुन्छन्

एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि भीम रावलले भने– पत्रकार दूरदर्शी हुन्छन्

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले कुनै समयमा आफू पनि पत्रकार भएको स्मरण गरेका छन्।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

काठमाडौं– नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले कुनै समयमा आफू पनि पत्रकार भएको स्मरण गरेका छन्।

पार्टी अध्यक्षको लागि उम्मेदवारी घोषणा गर्दै नेता रावलले भने, ‘पत्रकारहरु दूरदर्शी हुन्छन्। त्यसैले म आगामी दिनमा के हुन्छ भन्‍ने विश्लेषण गर्ने जिम्मा पत्रकार साथीहरुलाई दिन्छु। कुनै समयमा म पनि पत्रकार थिएँ।’

उनले आफूलाई हार्ने प्रश्‍न गर्दै हतोत्साही नबनाउनसमेत आग्रह गरे। पत्रकारहरुको प्रश्‍नको जवाफ दिँदै उनले पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले एकलौटी ढंगले पार्टी प्रतिनिधिहरु छनोट गरेको आरोप लगाए।

रावलले आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन्।

प्रकाशित: Nov 21, 2021| 16:11 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...