शुक्रबार, भदौ ५, २०८३

हामीले जुन नीति बनाउँछौँ, त्यही राष्ट्रिय नीति हो : ओली

'हाम्रो नीति राष्ट्रिय नीति हो। यसभन्दा पृथक् हामी हुदैनौँ। हामी नीतिनिर्माता शक्ति हौँ,' ताली बजाएर सम्मेलन उद्घाटन गरेका उनले भने, 'राष्ट्रलाई अघि बढाएर समृद्ध नेपाल सुखी नेपाली बनाउने शक्ति हौँ। हामीले जुन नीति बनाउँछौँ। त्यही राष्ट्रिय नीति हो।'
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले जुन नीति बनायो, त्यही राष्ट्रिय नीति हुने दाबी गरेका छन्। आइतबार नेपाल खेलकुद महासंघ र काठमाडौं महानगरको सहकार्यमा आयोजित खेल नीति सम्मेलनको उद्घाटन गर्दै ओलीले यस्तो दाबी गेका हुन्। 

'हाम्रो नीति राष्ट्रिय नीति हो। यसभन्दा पृथक् हामी हुदैनौँ। हामी नीतिनिर्माता शक्ति हौँ,' ताली बजाएर सम्मेलन उद्घाटन गरेका उनले भने, 'राष्ट्रलाई अघि बढाएर समृद्ध नेपाल सुखी नेपाली बनाउने शक्ति हौँ। हामीले जुन नीति बनाउँछौँ। त्यही राष्ट्रिय नीति हो।'

खेल नीति मात्र नभएर एमालेले लिएका सबै क्षेत्रका नीतिहरू राष्ट्रिय नीति भएको दाबी गरेका थिए। 'विदेश, शिक्षा, स्वास्थ्य र पर्यटन नीति जस्तो लिन्छौँ। ती राष्ट्रका नीति हुन्,' उनले थपे, 'हामी संकीर्ण स्वार्थका लागि नीति निर्माण गर्दैनौँ। बृहत्तर रूपमा फलदायी हुने नीति निर्माण गर्छौँ।'

कुनै संस्था/पार्टीले लिएकै नीति कसरी राष्ट्रिय नीति हुन्छ? भन्ने प्रश्नसमेत उठाएका उनले आफूहरूका नीतिलाई कसैले पनि चुनौती दिन नसक्ने भएकाले राष्ट्रिय नीति हुनेमा शंका नगर्न आग्रह गरेका थिए। 

'यो थोपरेर होइन, हामी विचारविमर्श गरी सही नीति तय गर्छौँ। त्यसकारण हाम्रा नीति अनच्यालेन्जेबल (चुनौती दिन नसकिने) हुन्छन्। ती हितकारी हुन्छन्। फलदायी हुन्छन्।'

पुस्तकमा भएको विद्या र अर्काका हात भएको धन काम नलाग्ने संस्कृत सुक्तिको सहारा लिँदै उनले नीति बनाएर मात्र नहुने तर त्यसको सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए। 

प्रकाशित: Nov 21, 2021| 16:07 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...