शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मेरो उम्मेदवारी प्यानलमा होइन, अरु पदाधिकारीले व्यक्तिगत घोषणा गर्छन् : रावल

मेरो उम्मेदवारी प्यानलमा होइन, अरु पदाधिकारीले व्यक्तिगत घोषणा गर्छन् : रावल

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले आइतबार पार्टीको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै आफ्नो समूहका अन्य नेताहरुले पनि व्यक्तिगत रुपमा उम्मेदवारी घोषणा गर्ने बताएका छन्।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

काठमाडौं– नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले आइतबार पार्टीको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै आफ्नो समूहका अन्य नेताहरुले पनि व्यक्तिगत रुपमा उम्मेदवारी घोषणा गर्ने बताएका छन्। उनले भने, ‘म अध्यक्ष भइसकेपछि मेरो समूहमा योयो व्यक्ति हुन्छन् भन्‍ने नभनेको मात्र हो। प्रत्येक व्यक्तिले व्यक्तिगत रुपमा नै चुनाव लड्ने तय भइसकेको छ।’ 

उनले पार्टीको कुनै पदमा बस्‍ने सहमति नभएको समेत बताएका छन्। महाधिवेशन आरम्भ हुन पाँच दिनमात्र बाँकी रहँदा आफूले उम्मेदवारी दिएको नेता रावलले बताएका छन्। उम्मेदवारी दिन ढिलाइ भइसकेको र आफूले देखाउनका लागि उम्मेदवारी नदिएको उनले स्पष्ट पारे। महाधिवेशनको थलोमा गएर मनोनयन दर्ता गरेपछि थप स्पष्ट हुने उनले बताए।

प्रकाशित: Nov 21, 2021| 16:06 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...