शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै भीम रावलले भने– मुलुकको समृद्धिका लागि एमालेमा मेरो नेतृत्व

अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै भीम रावलले भने– मुलुकको समृद्धिका लागि एमालेमा मेरो नेतृत्व

नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन्। आज (आइतबार) उम्मेदवारी घोषणा गर्दै उनले मुलुकलाई समृद्ध बनाउन एमालेको नेतृत्व गर्ने अठोट गरेको सुनाए।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन्। आज (आइतबार) उम्मेदवारी घोषणा गर्दै उनले मुलुकलाई समृद्ध बनाउन एमालेको नेतृत्व गर्ने अठोट गरेको सुनाए।

रावलले भने, ‘पार्टी एकता पक्षमा र फुटको विपक्षमा उभिएको छ। नेकपा एमालेका कतिपय आयामहरु मैले सोचे अनुरुप भएनन्। जनता र देशका लागि पार्टी उपाध्यक्षको हैसियतले गम्भीर भएर सोच्‍नु मेरो कर्तव्य  हो। मुलुकलाई समृद्धि दिनका लागि पार्टीलाई नेतृत्व दिने अठोट गरेको छु। यही दृढ संकल्पका साथ २०७८ मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा केन्द्रीय कमिटीको अध्यक्षमा उम्मदवारी दिने घोषणा गर्दछु।’

रावलले पार्टी कार्यालयमा ठाउँ नपाएपछि बाहिरैबाट उम्मेदवारी घोषणा गर्नुपरेको बताए। रावलले भने, ‘थापाथलीस्थित नेकपा एमालेको मुख्य कार्यालयबाट नै उम्मेदवारी दिने योजना बनाएको थिएँ।  तर, महासचिवबाट महाधिवेशनको व्यस्तताले त्यहाँ कक्षाहरु खाली नभएको सूचना पाएँ। त्यहाँ ठाउँ खाली नभएपछि रिपोर्टर्स क्लबबाट उम्मेदवारी घोषणा गरेको हुँ।’

२०७५ साल जेठ ३ गते पार्टी एकीकरण भई नेकपा बनेपछि आन्तरिक भूमरिमा परेको प्रसंग उल्लेख गर्दै रावलले नेतृत्वदायी व्यक्तिहरु नै चरम गुटबन्दीमा लागेपछि पार्टी कमजोर भएको तर्क गरे। नेकपालाई केन्द्रसहित ६ वटा प्रदेशको नेतृत्व गर्ने ऐतिहासिक अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसकेको उनको भनाइ थियो।

‘पद र अवसरको भागबण्डाका कारण पार्टी थप धराशायी बन्दै गयो। पार्टीका सिद्धान्त र विचारहरुलाई सत्ताको बार्गेनिङमा बलि चढाइयो,’ रावलले भने। रावलले पार्टीका औपचारिक बैठकहरुले जारी गरेका अन्तरपार्टी निर्देशन नै नेतृत्वले अस्वीकार गरेको आरोप लगाए।

उनले सत्ता स्वार्थका लागि जोसँग गठबन्धन गरे पनि जस्तो गठबन्धन गरे पनि हुने किसिमले पार्टी अघि बढेको अवस्थामा सर्वोच्चको आदेश अनुसार २०७७ फागुन २३ गते नेकपा विभाजन गरि नेकपा एमाले ब्युँतिएको सन्दर्भ उल्लेख गरे। एमालेलाई बलियो बनाउनका लागि आफूहरु लागे पनि पार्टी एकताको अभियानलाई नेतृत्वले नै अस्वीकार गरेको गुनासो गरे।

पार्टीको एक समूह पार्टी फुटाएर बाहिरिएसँगै संघ र प्रदेशहरुमा नेकपा एमाले सत्ताबाट बाहिरिएको उनले बताए। ‘कहाँ कसको र कुन किसिमको त्रुटी भयो भन्‍नेतर्फ ठण्डा दिमाग र आग्रहरहित दिमागले सोच्‍नु जरुरी छ। विधान महाधिवेशनबाट पार्टीको विधानलगायत संरचनात्मक प्रतिवेदनहरु पारित भए पनि त्यसका लागि जिम्मेवार नेतृत्व आवश्यक हुन्छ।  पार्टी एकताका लागि गरिएको १० बुँदे समझदारी कार्यान्वयनतर्फ नेतृत्व तयार नभएको परिस्थिति छ,’ रावलले भने। 


प्रकाशित: Nov 21, 2021| 15:44 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...