काठमाडौं- वरिष्ठ चित्रकार चन्दा श्रेष्ठको संयोजनमा चलेको चार दिने ‘नेपाली मौलिक सांस्कृतिक चित्रकला प्रदर्शनी’आज समापन भएको छ। २०७५ असार १८ गतेदेखि चलेको चित्रकला प्रदर्शनीमा २७ जना चित्रकारहरूको चित्र प्रदर्शनी गरिएको थियो।
वरिष्ठ चित्रकार शारदा चित्रकार, शुष्मा राजभण्डारी, मिथिला देवी यादव, अरुणा हिमाङ्ग, हरी प्रसाद शर्मा, गहेन्द्रमान अमात्य, शंकरराज सिंह सुवाल, केके कर्मचार्य, गौतम रत्न तुलाधार, हरिबहादुर खड्का, आइ बि मल्ल, रमेश खनाल, राधेश्याम मुल्मी, नरेश सैजु, रमाराज मास्के, रत्नकाजी शाक्य, जीवन राजोप्ध्यया, प्रमिला बज्रचार्य, आर्य राजभण्डारी, शशिबिक्रम शाह, बत्शगोपाल बैद्य, क्रिश मानन्धर, किरण मानन्धर, सागर मानन्धर, मुकेश श्रेष्ठ, चन्दा श्रेष्ठको चित्रहरूको सहभागिता रहेको थियो।
महिला हिंसा, मिथिला समाज, देवीदेउताको शक्ति, र एतिहासिक मूर्तिहरूमा आधुनिक समाजको चित्रण गरिएका चित्रहरू प्रदर्शनीमा थिए। विभिन्न कला संस्कृति र परम्परागत मूल्यमान्यताको झल्को दिने खालका चित्रहरू प्रदशर्नमा थिए।
वरिष्ठ कलाकारहरू र महिला कलाकारहरूका चित्रहरूलाई प्रदर्शनीमा राख्दै नवोदित कलाकारहरूलाई हौसला प्रदान गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको बताइन् चित्रकार चन्दा श्रेष्ठले।
साथै नेपाली कला संस्कृतिलाई उजागर गरी अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने विभिन्न जातजातिको लोपोन्मुख मौलिक संस्कृतिको उत्थान गर्न, उत्साह बढाउन, छरिएर रहेको नेपाली संस्कृतिलाई केन्द्रीकरण गरी एकै थलोमा चित्रकला प्रदर्शनी गर्दा प्रशंसनिय रहेको नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानकी उपकुलपति शारदा चित्रकारले समापनको क्रममा बताइन्।
नेपाल आर्ट काउन्सिलको हलमा भएको प्रदर्शनीलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठनको आयोजना गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४