शुक्रबार, भदौ ५, २०८३

पाइपलाइन जोडिसकेपछि पनि इन्धन महँगो हुँदा माधव नेपाल अचम्मित

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

आइतबार विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको कर घटाई मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुझाएको ज्ञापनपत्र लिँदै अध्यक्ष नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताएका हुन्।

उनले सरकार गम्भीर बन्न सकेन भने सत्ताधारी पार्टीहरुले त्यसमा चासो र सरोकार राख्नुपर्ने बताए। अध्यक्ष नेपालले सरकारमा अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खालि रहेको भन्दै मन्त्री नपाइए एकीकृत समाजवादीले मन्त्री दिने समेत बताए। उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनुमा राजनीतिक कारण हुनसक्ने तर त्यसै कारणले जनतालाई पीडा दिएर कर वृद्धि गर्न नमिल्ने बताए।

अध्यक्ष नेपालले भने, ‘समस्याको कारण पनि खोजेर समाधान निकाल्नुर्छ। यसको निमित्त सबैभन्दा पहिले सत्तामा बसेको पक्ष अर्थात् सरकार गम्भीर बन्नुपर्यो। सरकार गम्भीर बन्न सकेको छैन भने सत्ताधारी पार्टीहरुले त्यसमा चासो र सरोकार राख्नुपर्यो। यो हाम्रो दायित्वभित्र पनि पर्छ।

अध्यक्ष नेपालले खाना पकाउने ग्यासमा १२ दिनमा १२५ रुपैयाँ प्रतिसिलिण्डर मूल्य वृद्धि गर्नु जनतामाथि अत्याचार भएको बताए। अध्यक्ष नेपालले रक्सौलमा पेट्रोलियम पदार्थ आउने पाइपलाइन जोडिसकेपछि पनि तेलको मूल्य महँगो भइरहेकोमा अचम्म लागेको बताए। उनले बाटोमा हुने चोरी र नोक्शानीको बारेमा हिसावकिताव हुनुपर्ने बताए। अध्यक्ष नेपालले सरकारले करको दायरा घटाएर भए पनि जनतालाई मारमा पार्नु नहुने बताए।

अध्यक्ष नेपालले सत्तामा हुँदा र बाहिर हुँदा पनि जनतासँग जोडिने र जनताको आवाजलाई सत्तासम्म पुर्याउने जिम्मेवारी राजनीतिक दलहरुको भएको बताउँदै सडकसँग सधैँ जोडिरहनु पर्ने बताए। उनले सडकसँग जोडिनु जनताको लोकप्रिय आन्दोलनग, जनभावना, जनपीडा र जनवेदनासँग जोडिनु रहेको बताए।

अखिल क्रान्तिकारी, अनेरास्ववियू र समाजवादी विद्यार्थी यूनियन लगायतका ५ विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा भएको करको दायरा घटाई मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग राखेका छन्। विद्यार्थी संगठनले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए कठोर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। 


प्रकाशित: Nov 21, 2021| 13:35 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...