शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस र एमाले महाधिवेशनको असर संसदीय समितिमा, कोरम नपुगेर बैठक स्थगित

कांग्रेस र एमाले महाधिवेशनको असर संसदीय समितिमा, कोरम नपुगेर बैठक स्थगित

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

काठमाडौं– भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ। 

आइतबार सिंहदरवारमा बोलाइएको समितिको सो बैठक कोरम नपुगेपछि मंसिर १७ गते बस्नेगरी स्थगित गरिएको हो। समितिका सभापति लक्ष्मणलाल कर्णले एमाले र कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु महाधिवेशनका कारण उपस्थित हुन नसक्दा समितिको बैठक बस्नका लागि आवश्यक कोरम पुग्न नसकेको स्पष्ट पारे।

कर्णले भने, ‘आजको बैठक कोरम पुगेन। आउँछु भन्ने मान्छेहरु पनि आएनन्। हामीले कमसेकम कोरम पुग्छ भनेर बैठक राखेका थियौं तर त्यो भएन।’ 

गत कात्तिक ११ गते बसेको मन्त्रीपरिषद बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकाका लागि नेपाली राजदूतमा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम सिफारिस गरेको थियो। प्रस्तावित तीनवटै देशका राजदूतहरुको सुनुवाइका लागि आजको बैठक बोलाइएको थियो। संसदीय सुनुवाइ समिति १५ सदस्यीय छ। बैठकमा कोरम पुग्न ८ जना सदस्य चाहिन्छ। 


प्रकाशित: Nov 21, 2021| 13:13 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...