शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रामचन्द्रलाई पछि हट्न शशांक र प्रकाशमानको आग्रह, पौडेलले भने - सभापतिमा सघाउनुस्

रामचन्द्रलाई पछि हट्न शशांक र प्रकाशमानको आग्रह, पौडेलले भने - सभापतिमा सघाउनुस्

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिको आकांक्षा राख्दै आएका संस्थापन इतर समूहका नेताहरुको छलफल निष्कर्षविहीन टुंगिएको छ।
 |  शनिबार, मंसिर ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ४, २०७८

काठमाडौं- नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिको आकांक्षा राख्दै आएका संस्थापन इतर समूहका नेताहरुको छलफल निष्कर्षविहीन टुंगिएको छ। 

सभापतिको उम्मेदवारीका लागि दाबी गर्दै महामन्त्री डा. शशांक कोइरालाको निवासमा शनिबार साँझ बसेको बैठकमा सहभागी सबैले आ-आफ्नो दाबीबाट पछि नहटेपछि बैठक निष्कर्षविहीन टंगिएको हो। 

बैठकमा सभापतिका आकांक्षी महामन्त्री कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अब अभिभावकीय भूमिका निर्वाह गर्न उम्मेदवारीबाट पछि हट्न आग्रह गरेका थिए। 

पूर्वमहामन्त्री सिंहले भने  , 'बैठकमा वरिष्ठ नेता पौडेललाई शशांकजी र मैले अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गर्‍यौं। तर, वरिष्ठ नेता पौडेलले भने उल्टै हामी दुबैजनालाई नै आफूलाई सभापतिमा सघाउन आग्रह गर्नुभयो।' 

महाराजगञ्जमा छलफल हुनु अघि महामन्त्री कोइरालाले नेता पौडेल र सिंहसँग निवासमै पुगेर छुट्टाछुट्टै छलफल गरेका थिए। महामन्त्री कोइराला र नेता सिंहबीच आगामी महाधिवेशनमा सहकार्य गरेर जाने विषयमा छलफल भएको बताइएको छ।

केही दिन पहिले महामन्त्री कोइरालाले नेता सिंहप्रति लक्षित गरी पार्टीभित्र सिंहको सङ्गठन काठमाडौँमा जस्तो काठमाडौंबाहिर नरहेको बताएका थिए। महामन्त्री कोइरालाले भेटमा नेता सिंहलाई आफूले अपमान गर्न नखोजेको स्पष्ट पारेका थिए। महाधिवेशन नजिकिएसँगै पछिल्लो समय नेताहरू एकापसमा भेटघाटलाई बाक्लो बनाएका छन्। कांग्रेसको १४औँ महाधिवेशन आगामी मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ।

प्रकाशित: Nov 20, 2021| 19:56 शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...