आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ए डिभिजन लिग : रोमाञ्‍चक खेलमा च्यासलविरुद्ध थ्रीस्टारको तीन सेट पिस गोल

ए डिभिजन लिग : रोमाञ्‍चक खेलमा च्यासलविरुद्ध थ्रीस्टारको तीन सेट पिस गोल

रेफ्रीको निणर्यले पनि खेलका प्रभाव पारेको छ। केही गाह्रो भयो। रेफ्रीले गुणस्तर मेन्टेन गर्नुपर्छ। जबसम्म रेफ्रीको लेभल बढ्दैन फुटबलको स्तर बढ्दैन। दोस्रो पेनाल्टी पाउनुपर्ने थियो।
 |  शनिबार, मंसिर ४, २०७८

विनय सापकोटा

विनय सापकोटा

शनिबार, मंसिर ४, २०७८

काठमाडौं- सहिद स्मार ए डिभिजन लिगको तेस्रो खेल निकै रोमाञ्‍चक बन्यो। इटालीमा १३ वर्षदेखि खेल्दै आएका विकास मेराग्लीयालाई अनुबन्ध गरेको च्यासलले देशकै नामी क्लब थ्रिस्टार क्लबसँग खेल्दै थियो।

National life

यसकारण लिको तेस्रो खेलमा दशरथ रंगशालामा दुई हाजारभन्दा बढी समर्थकको उपस्थिति थियो। पछिल्लो सिजनको अन्तिम खेलमा तीन हजार समर्थक मात्र उपस्थि भए पनि यो सिजनको तेस्रो खेलमा भने ठूलो संख्यामा दर्शकको उपस्थिति थियो।

तर ठूलो संख्याको समर्थकमाझ बाल गोपाल साहुखलाको टिम च्यासलका लागि लिगको पहिलो खेल सम्झना लायक बनेन। किनभने उसले उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको टिमसँग ०–३ गोलको हार बेहार्‍यो। 

च्यासलका प्रशिक्षक बालगोपाल साहुखलाले नसोचेको हार बेहोरेको बताएका छन्। उनले भने, ‘पहिलो खेल थियो। हाम्रो बोइजले राम्रो नै खेलेको हो। हामी बलियो टिम थियो। यस्तो हार बेहोछौं भन्ने सोचेको थिएन।’

खेलका क्रममा थ्रिस्टारले तीन गोल नै सेट पिसमा गर्‍यो। फ्रि-किकमा अनन्त तामाङ र निशान खडकाले गोल गरे। त्यस्तै, हेडरमार्फत् राफेल बिडियस रिमले गोल गरे। विकास मेराग्लीयाले भने पेनाल्टीको अवसरमा पनि गोल गर्न सकेनन्।

Laxmi sunrise bank
kumari

‘त्यो पेनाल्टी सेभ भएपछि हामीलाई केही सहज भयो हामीले राम्रो खेल्न सक्यो,’ थ्रिस्टार क्लबका प्रशिक्षक उर्जन श्रेष्ठले भने, ‘बल पोसेसनमा राखेर खेल्यौँ। सुरुमा दबाब थियो। एउटा पेनाल्टी पाएको त्यो सेभ भएर हामीलाई प्लस पोइन्ट भयो। पछि गोल भयो।’

एन्फाले दशरथ रंगशालामा पहिलो खेल हेर्न आउनेका लागि दोस्रो खेल पनि हेर्न पाउने व्यवस्था गरेको छ। यदि पहिलो खेल हेरेर रंगशालाबाट बाहिर ननिस्किने भने हो त्यही टिकटले दोस्रो खेल पनि हेर्न पाइनेछ।्

रेफ्रीको निणर्यले पनि खेलका प्रभाव पारेको छ। केही गाह्रो भयो। रेफ्रीले गुणस्तर मेन्टेन गर्नुपर्छ। जबसम्म रेफ्रीको लेभल बढ्दैन फुटबलको स्तर बढ्दैन। दोस्रो पेनाल्टी पाउनुपर्ने थियो।

एन्फाले टिकट रकममा गत वर्षभन्दा आधा कटौती गरेपछि यो वर्षको लिगको साधारणतर्फको टिकट मूल्य साधारणतर्फ १०० र भीआईपीतर्फ ५०० रहेको छ।

खेलको २२ औं मिनेटमा फ्रि-किकमार्फत् निशान खड्काले गोल गरेका थिए। केही महिना अघि मात्र नेपाली राष्ट्रि सिनियर टिममा डेब्यू गरेका खड्काले गोल गर्दै थ्रिस्टारलाई अग्रता दिएका थिए।

त्यस्तै खेलको २५ औं मिनेटमा च्यासले पेनाल्टी पायो। फरवार्ड विकास मेराग्लीयालाई थ्रिस्टारका डिफेन्डरले पेनाल्टी बक्समा लडाएपछि च्यासलले पेनाल्टी पाएको थियो। तर मेराग्लियाले नै प्रहार गरेको पेनाल्टी भने गोलकिपर गुलियम वाईपी एनजंगाले बचाए। उनी लिगमा डेब्यू गोल गर्नबाट चुके।

पहिलो हाफको ३८ औं मिनेटमा च्यासलका डिफेन्डर यान्‍निक केट्चाको प्रहार थ्रिस्टारका गोलकिपर एनजंगाले सहजै नियन्त्रणमा लिए।

यता पहिलो हाफको अन्तिम मिनेटमा थ्रिस्टारले अर्को गोल गर्‍यो। हेमन्त थापा मगरको कर्नर प्रहारलाई राफेल बिडियस रिमले हेडमार्फत् पोस्टको बायाँ कुनामा छिराएका थिए। यससँगै थ्रिस्टारले पहिलो हाफमै २–० गोलको अग्रता बनाएको थियो।

यता च्यासलका प्रशिक्षकले भने रेफ्री प्रकाश नाथ श्रेष्ठको आलोचना गरे। उनले भने, ‘रेफ्रीको निणर्यले पनि खेलका प्रभाव पारेको छ। केही गाह्रो भयो। रेफ्रीले गुणस्तर मेन्टेन गर्नुपर्छ। जबसम्म रेफ्रीको लेभल बढ्दैन फुटबलको स्तर बढ्दैन। दोस्रो पेनाल्टी पाउनुपर्ने थियो।’ उनले दोस्रो फ्रि-किकबारे कुरा गर्दै यस्तो बताएका थिए।

दोस्रो हाफमा थ्रिस्टारले एक गोल थप्यो। खेलको ५८ औं मिनेटमा अनन्त तामाङले फ्रि किकमार्फत् गोल गरे। यससँगै थ्रिस्टारले तीन  गोलको अग्रता बनायो। थ्रि स्टारले सेटपिसमा गोल गरे पनि फ्रि प्लेका क्रममा च्यासलका डिफेन्डर यान्निक मैदानमा छाइरहे। उनले विपक्षी टिमका फरवार्डलाई रोक्ने काममा नायक रहे।

उनी च्यासलको टिममा ‘प्लेयर्स टु वाच’ रहे। यता च्यासलका फरवार्ड मेराग्लिया भने निरन्तर थ्रिस्टारका डिफेन्डरको मार्कमा रहे। च्यासलका फरवार्डले अट्याकिङ थर्डमा खास महत्वपूर्ण समय विताउन सकेनन्।

खेलको ७८ औं मिनेटमा मैदान अस्तव्यस्त बनेको थियो। फरवार्ड संजोक राई र च्यासलका डिफेन्डर यान्निकबीच विवाद सुरु भएछि सबै खेलाडी मैदानको केन्द्रमा आक्रोशित देखिए। यसँगै थ्रिस्टारले संजोकको ठाउँमा मिक्छेन तामाङलाई मैदानमा उतारेको थियो।

खेलको १५ मिनेट बाँकी रहँदा थ्रिस्टारले पेनाल्टी क्षेत्रमा आक्रामक मुभ बनायो। रितिक कुमार खड्काले प्रहार गरेको बल च्यासलका गोलकिपर प्रदिप भण्डारीले नियन्त्रण लिन नसकेपछि फर्किएको थियो। त्यसपछि लाकेन शेर्पाले प्रहार गरे पनि गोल हुन सकेन।

पहिलो हाफमा केही राम्रा मुभहरु बनाए पनि दोस्रो हाफको पुरा समय च्यासल दबाबमा रह्यो। मैदानमा थ्रिस्टारका अनन्त तामाङ नायक रहे। उनले इन्ज्युरी समय पनि राजिव लोप्चनको प्रहार बचाएका थिए। खेलको म्यान अफ दि म्याच निशान खड्का बने।

थ्रिस्टार प्रशिक्षक उर्जन श्रेष्ठले आफ्नो पहिलो खेलमा जित निकालेकाले खेलाडी उत्साही रहेको बताएका छन्। उनले भने, ‘यो जितेपछि मलाई सजिलो भएको छ। यसले खेलाडीको आत्मविश्वास राम्रो हुन्छ। एक स्तरको खेलेपछि अर्को खेलमा सुधार गर्ने अवसर प्राप्त हुन्छ। सुरुमै जित निकालेपछि अझै राम्रो गर्दै जान हौसला मिल्छ।’

प्रकाशित: Nov 20, 2021| 19:30 शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।