शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ओलीको कटाक्ष- कांग्रेसको औंला नसमाती हिँड्नै नसक्नेहरुले चुनाव जित्‍ने रे!

ओलीको कटाक्ष- कांग्रेसको औंला नसमाती हिँड्नै नसक्नेहरुले चुनाव जित्‍ने रे!

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ केही दलहरु कांग्रेसको औंला नसमाति हिँड्नै नसक्ने भएको आरोप लगाएका छन्।
 |  शनिबार, मंसिर ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ४, २०७८

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ केही दलहरु कांग्रेसको औंला नसमाति हिँड्नै नसक्ने भएको आरोप लगाएका छन्। 

अध्यक्ष ओलीले एमालेले भने कसैको वैशाखी नटेक्ने र आगामी निर्वाचनमा विजय हासिल गर्ने दाबी समेत गरेका छन्।'

नेपाल संवत् ११४२ को अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले कांग्रेसको औंला समातेर हिँडन पल्केकाहरुलाई कांग्रेसले कहिलेसम्म औंला दिने हो भन्‍ने थाहा नभएको पनि बताए। 

अध्यक्ष ओलीले नेकपा एमाले फोहोरविनाको स्वच्छ भएको दाबी गर्दै पार्टीभित्र एकमना एकताका साथ अघि बढने दृढता व्यक्त गरे। उनले राष्ट्र निर्माणका लागि पनि एमाले एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको दोहोर्‍याएका छन्। 

अध्यक्ष ओलीले भने, ‘अब अरु फुच्चेहरु चाँहीसँगै जान्छौं भन्छन्। अनि कांग्रेसको औंला नसमाति त हिँडनै सक्दैनन् त, कसरी जान्छन्? चुनाव जित्‍ने रे? आफ्नो सरकार ढालेर काँग्रेसको सरकार बनाइ दिनेहरु, कांग्रेसको औंला समातेर हिँडन पल्केकाहरु, त्यो हिँडन खोज्छन नै। तर कांग्रेसले कहिलेसम्म औंला दिन्छ, मलाई थाहा छैन।'

नेकपा एमाले शुद्धिकरण भएकोसमेत उनले दाबी गरेका छन्। उनले भने, 'नेपाली जनताले देखेका छन्, नेकपा एमाले बल्ल शुद्धिकरण, फोहोर नभएको, फोहोर फालिएको। त्यस्तो एमाले बनेको छ। त्रिशुलीमा हामी देख्छौं- कहिलेकहिले फोहोर त्रिशुलीको बीचमा खसेको हुन्छ । झारपातहरु परेको हुन्छ, त्यहाँ। त्यो पानीले, छालले बगाउँदै-बगाउँदै किनारामा लान्छ। नेकपा एमालेबाट पनि किनारामा गइसकेको कुँडा-कर्कटहरु, फोहोरहरुविनाको स्वच्छ एमाले छ। त्यो स्वच्छ एमाले एकमना एकताका साथ सुदृढ एकताका साथ अगाडि बढछ। यसले विजय हासिल गर्छ। र यो राष्ट्र निर्माणको काममा अगाढि बढछ। यो जरुरी छ। किन जरुरी छ भने-यो देश यही अवस्थामा राखिरहन सकिँदैन । यसलाई अगाडि बढाउनै पर्छ।’

अध्यक्ष ओलीले ‘इतिहास झल्कने, आधुनिकता टल्कने’ गरी सम्पदाहरुको पुनर्निर्माणमा आफूहरुले जोड दिएको स्मरण गराए। उनले चाडपर्वैपिच्छे फरक-फरक धुन हुने मुलुक नेपालबाहेक विश्वमा कहीँ पनि नभएको बताएका छन्। 

प्रकाशित: Nov 20, 2021| 17:18 शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...