आइतबार, असार २१, २०८३

नेपालगञ्‍ज म्याराथनको उपाधि बोगटी र सन्तोषीलाई

सातौं नेपालगञ्ज म्याराथनमा पुरुषतर्फको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) का किरणसिंह बोगटीले जितेका छन्।
 |  शनिबार, मंसिर ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ४, २०७८

नेपालगञ्ज– सातौं नेपालगञ्ज म्याराथनमा पुरुषतर्फको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) का किरणसिंह बोगटीले जितेका छन्। नेपालमा भएको १३ औं सागका गोल्ड मेडलिष्ट बोगटीले नेपालगञ्ज म्याराथनको पनि उपाधि जितेका हुन्।

बोगटीले २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा नेपालगञ्ज म्याराथन पूरा गरेका छन्। गत वर्ष एपीएफकै गोपीचन्द्र पार्कीले नेपालगञ्ज म्याराथन २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पूरा गरेका थिए। 

बोगटीले नेपाली सेनाका नरेन्द्र रावललाई पछि पार्दै उपाधि जितेका हुन्। दोस्रो भएका रावलले २ घण्टा ३३ मिनेट २८ मिनेटमा म्याराथन पूरा गरेका छन्। एपीएफका सन्तोष विष्टले २ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भएका छन्। 

खड्गबहादुर खड्का २ घण्टा ३३ मिनेट ४५ सेकेन्ड, देवराज महतरा २ घण्टा ३९ मिनेट २ सेकेन्ड, प्रताप थामसुहाङ २ घण्टा ५९ मिनेट २५ सेकेन्ड र हिम गिरी ३ घण्टा २ मिनेट ३६ सेकेन्डमा दौड पूरा गर्दै क्रमशः चौथो, पाँचौं, छैठौ र सातौ भएका छन्। 

सातौं धारा नेपालगञ्ज म्याराथनको उपाधि जितेका बोगटीले एक लाख रुपैयाँ पुरस्कार पाएका छन्। द्वितिय भएका रावलले ५० हजार, तृतिय भएका विष्टले २५ हजार, चौथो भएका खड्काले १५ हजार, पाँचौ भएका महतराले १० हजार, छैठौ भएका प्रतापले ८ हजार र सातौ भएका गिरीले ६ हजार रुपैयाँ पुरस्कार पाएका छन् । 

सातौं धारा नेपालगञ्ज म्याराथनमा प्रथमदेखि सातौंसम्मका विजेतालाई युवा तथा खेलकुदमन्त्री महेश्वर महतराज, महानायक राजेश हमाल, दुग्गड ग्रुपका प्रदीप छाजेडलगायतले पुरस्कार वितरण गरे। 

हाफ म्याराथन धादिङकी सन्तोषी श्रेष्ठले बाजी मारेकी छन् । एपीएफकी पुष्पा भण्डारीलाई पछि पार्दै श्रेष्ठले हाफ म्याराथनको उपाधि जितेकी हुन्। सागकी गोल्ड मेडलिष्ट श्रेष्ठले हाफ म्याराथन एक घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी छन्। ५ र १० किलोमिटर दौडिने सन्तोषीले अनुभवका लागि लामो दौडँदा प्रथम भएको प्रतिक्रिया दिइन् ।

एपीएफकी भण्डारीले एक घण्टा १९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेकी छन्। हाफ म्याराथनमा विन्दु हमाल तृतिय, सरस्वती बोहरा चौथो, साधना शाही पाँचौ, कल्पना थारु छैठौ र चन्द्रमाया रावत सातौ भएका छन्। 

हाफ म्याराथन विजेता श्रेष्ठले ५१ हजार रुपैयाँ पाइन् । द्वितिय भएकी भण्डारीले २५ हजार, तृतिय भएका हमालले १५ हजार, चौथो भएका बोहराले १० हजार, पाँचौ भएका शाहीले ८ हजार, छैठौ भएका थारुले सात हजार र सातौं भएका रावतले ६ हजार रुपैयाँ पुरस्कार  प्राप्त गरे।

प्रकाशित: Nov 20, 2021| 16:00 शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।