काठमाडौं- संकटा क्लब र हिमालय शेर्पा क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग बराबरीबाट सुरु गरेका छन्। शनिबार दिउँदो त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा शेर्पाले संकटासँग १–१ गोलको बराबरी खेलेको हो। लिगको पहिलो खेलमा सातादोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका थिए भने शनिबारको खेल पनि बराबरी भएको हो।
शेर्पाविरुद्ध निरन्तर जित निकालिरहेको संकटाले शनिबार बराबरी खेलेको हो। संकटाका प्रशिक्षक विष्णु गुरुङले नयाँ शैलीबाट खेलिरहेकाले यस्तो भएको बताउँछन्। उनले शनिबारको खेलबाट प्रशिक्षकको रुपमा डेब्यू गरेका छन्। उनी भन्छन्, ‘मेरो खेल लिगमा पहिलो पटक हो। नयाँ शैलीबाट खेलिरहेका छौं। म मेरो प्रदर्शनमा सन्तुष्ट छु। मैले गरेको स्टाइलचाहीँ उच्च दबाब नै हो। अवस्था हेरेर त्यो परिवर्तन हुन सक्छ।’
खेलको पहिलो हाफ विष्णु गुरुङको टिम संकटा र युगल किशोर राईको टिम हिमालयन शेर्पाले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा रोकिएको थियो। तर दोस्रा हाफमा दुबै टिमले समान १-१ गोल गरे।
सुवास गुरुङको क्रस गोलकिपर दिप कार्कीले छोडेपछि संकटाका लक्ष्मण रुचालले गोल गरेका हुन्। राष्ट्रिय टिममा पनि स्थान बनाइसकेका रुचालले संकटालाई ६० औं मिनेटमा अग्रता दिलाएका हुन्।
यद्यपि हिमालयन शेर्पा क्लब युगल किशोर राईले म्याच राम्रो भएको बताएका छन्। उनले भने, ‘सानो गल्तीले गोल खायौँ। ओभरअल राम्रो भयो।’
खेलको ६५ औं मिनेटमा हिमालयन शेर्पाका त्रिदेव गुरुङले गोल फर्काएका थिए। उनको हेडर पोस्टबार नजिकबाट गोल गरेका थिए। उनलाई जिवनले पास उपलब्ध गराएका थिए। उनको प्रहारमा संकटाका गोलकिपर रोहित कार्की निरिह रहे। यससँगै खेल बराबरी भएको थियो।
पछिल्लो समय संकटाले शेर्पालाई लगातार हराइरहेको हराइसकेको थियो। तर आज बराबरी खेल्यो। के नतिजाबाट नतिजाबाट सन्तुष्ट हुनुहुन्छ ? जवाफमा प्रशिक्षक गुरुङ भन्छन्,‘भर्खरै सुरु भएको लिगको कारण पुरानो नतिजामा फर्कनका लागि समय लाग्छ। मेरो केटाहरु शैलीमा पुरा एडप्ट भएका छैनन। केही समय पछि पुरा लागू हुनेछ र राम्रो खेल देख्न पाइने छ।’
पैसठ्ठी मिनेटको गोललगत्तै घाइते भएका गुरुङलाई सोहि मिनेटमा ९ नम्बरमा पुर्ण बहादुर गुरुङ मैदान छिरेका थिए। खेलको ७० औं मिनेटमा संकटाको रोमन लिम्बूको प्रहार भने कार्कीले सहजै बचाए। खेलको ७२ औं मिनेटमा हिमालयन शेर्पाका विश्वास श्रेष्ठले दिएको क्रस संकटाका किपरले बचाउ गरे।
खेलमा अन्तिम २० मिनेट बाँकी रहँदा पोस्ट अटेम्पमा खेलाडी सकृय भएका थिए। खेलको ७२ औं मिनेटमा फोडे फोफानाको प्रहार गोलकिपरले बचाए भने ७३ औं मिनेटमा अट्याकिङ थर्डमा राम्रो मुभ बनाए भने उनीहरुले गोल गर्न सकेनन्।
खेलको १० मिनेट बाँकी रहँदा गणेश हमालाले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार गोलकिपर कार्कीले बचाएका थिए। फर्किएर आएको बललाई जय गुरुङले प्रहार गरे पनि उनको प्रहार पोस्टबाट बाहिर गएको थियो।
अन्तिम मिनेटमा पुर्ण गुरुङले गरेको प्रहार भने पोस्ट नजिकैबाट बाहिरिएको थियो। खेल अवधिभर संकटाले शेर्पा क्लबमाथि दबाब बनाएको थियो। त्यो राईले टेक्निकल एरियाबाट हेरिरहेका थिए। खेलपछिको पत्रकार सम्मेलनमा तिनै राई भन्छन्, ‘संकटाले धेरै डिसिप्लेन खेल्यो। उसको कन्सिस्टेन्सी राम्रो थियो।’ हामीले प्रिसिजनमा कुनै लस्ट थिएन। आज मात्र बराबरी भएको हो।’
सातदोबाटोका प्रशिक्षकले चाहिँ खेलको गुणस्तर कम भए पनि खेलाडीहरु एउटा सिद्धान्तमा खेल्न थालेको बताएका छन्। भन्छन्, ‘गुणस्तर आफ्नो ठाउँमा छ र कन्सिस्टेसन्सी र खेलाडीले आफ्नो शैली मेनेज गरेर खेलेका छन्।’