शनिबार, माघ ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • कोरोनालाई परास्त गर्दै खेल गतिविधि बढाउनुपर्छ : मन्त्री गहतराज

कोरोनालाई परास्त गर्दै खेल गतिविधि बढाउनुपर्छ : मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपालगन्ज म्याराथनको उद्घाटन गरेका छन्। शुक्रबार बेलुकी गृहजिल्ला पुगेका मन्त्री अथकले नेपालगन्ज म्याराथनको सातौं संस्करणको उद्घाटन गरेका हुन्।
 |  शनिबार, मंसिर ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ४, २०७८

नेपालगन्ज- युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपालगन्ज म्याराथनको उद्घाटन गरेका छन्। शुक्रबार बेलुकी गृहजिल्ला पुगेका मन्त्री अथकले नेपालगन्ज म्याराथनको सातौं संस्करणको उद्घाटन गरेका हुन्। 

National life

म्याराथनको उद्घाटन गर्दै मन्त्री अथकले झण्डा हल्लाएका थिए भने महानायक राजेश हमालले सिट्ठी फुकेका थिए। म्याराथनको उद्घाटन गर्दै मन्त्री अथकले कोरोनालाई परास्त गर्दै खेल गतिविधिलाई चलायमान बनाउने समय आएको धारणा राखेका थिए।

नेपालगन्ज म्याराथनले स्थानीयदेखि खेल क्षेत्रका भेट्रानहरू समेतलाई सडकमा उतार्न सफल भएकोमा खुसी व्यक्त गर्दै मन्त्री अथकले नेपालगन्ज म्याराथनलाई स्थापित म्याराथनका रूपमा सूचीकृत गराउन पहल गर्ने बताए। 'राष्ट्रका लागि खेल र स्वास्थ्यका लागि खेल' भन्ने मान्यतालाई आत्मसाथ गर्दै खेल क्षेत्रको विकासका लागि मन्त्रालयले नयाँ योजना तथा नीति तय गरेको मन्त्री अथकले बताए। 

म्याराथनमा सहभागी हुन नेपालगन्ज पुगेका महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको सहर भएको बताए। विगतमा समेत विभिन्न प्रयोजनमा नेपालगन्ज पुगे पनि यस पटक विशेष समारोहमा सहभागी हुन आएको भन्दै हमालले खुसी व्यक्त गरे। स्वास्थ्यसँग सम्बन्धित नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरमै स्थापित गराउनुपर्नेमा हमालले जोड दिए।

प्रकाशित: Nov 20, 2021| 10:17 शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।