आइतबार, असार २१, २०८३

राखेपको सदस्य सचिव पदका लागि दरखास्त आह्वान

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको छ।
 |  शनिबार, मंसिर ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ४, २०७८

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको छ।

मन्त्रालयाले आज एक सूचना जारी गर्दै दरखास्त माग गरेको हो। तत्कालिन प्रधानमन्त्री केपी ओली शर्माको क्याबिनेटले रमेशस कुमार सिलवाललाई सदस्य सचिवमा नियुक्त गरेको थियो।

तर, शेर बहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेपछि सरकाले राखेप सदस्य सचिवले आफ्नो जिम्मेवरी पुरा नगरेको भन्दै उनलाई बर्खास्त गरेको थियो।

यता पूर्व सदस्य सचिव सिलवालले आफूलाई बर्खास्त गरेपछि सर्वोच्चमा निवेदन दिएका छन्। यसैबीच मन्त्रालयले आज (मंसिर ४) गने दरखास्त आह्वान गरेको हो।

अब सदस्य सचिवका लागि योग्यता पुगेका मानिसले दरखास्त दिन सक्नेछन्। मन्त्रालयले त्यसका लागि सिफसिरस समिति बनाइसकेको छ। सिफारिस समितिले स्नातक उत्तीर्ण भएको, खेलकुदको क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको, ३० वर्ष उमेर पूरा भएको योग्यता पुग्ने एक जना महिलासहित तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ। 

मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको त्यही नामबाट एक सदस्य सचिव हुनेछन्। त्यसरी मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्बाट नियुक्त भएका सदस्य सचिवको कार्यकाल चार वर्षको रहनेछ।

प्रकाशित: Nov 20, 2021| 10:00 शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।