शनिबार, माघ ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • चिनियाँ खेलाडी पेङ यौन दुराचारमा परेपछि चीनका सबै प्रतियोगिता फिर्ता लिने चेतावनी

चिनियाँ खेलाडी पेङ यौन दुराचारमा परेपछि चीनका सबै प्रतियोगिता फिर्ता लिने चेतावनी

चीनकै एक उच्च अधिकारीबाट यौन दुराचानरमा परेको भनी उजुरी दिएकी टेनिस खेलाडी पेङ सुहाई अझैसम्म पनि सम्पर्कमा नआएको महिला विश्व टेनिस महासंघले जानकारी दिएको छ।
 |  शनिबार, मंसिर ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ४, २०७८

काठमाडौं– चीनकै एक उच्च अधिकारीबाट यौन दुराचानरमा परेको भनी उजुरी दिएकी टेनिस खेलाडी पेङ सुहाई अझैसम्म पनि सम्पर्कमा नआएको महिला विश्व टेनिस महासंघले जानकारी दिएको छ।

National life

चीनका पूर्व उपप्रधानमन्त्री जेङ गहोलीले उनीमाथि यौन शोषण गरेको भन्ने आरोप लगाएपछि ३५ वर्षे पेङ बाहिर कतै देखिएकी छैनन्। नोभेम्बरको सुरुमा चिनियाँ सामाजिक सञ्जाल वाईबूमा उनले यौन शोषणबारे आफ्ना कुरा प्रस्तुत गरेकी थिइन्।

तर ती कुराहरू केही समयमै सामाजिक सञ्जालबाट हटाइएका थिए। डबल्सतर्फको पूर्व विश्व नम्बर वान टेनिस खेलाडी पेङ त्यसपछि बेपत्ता भएकी हुन्।

उनले यौन दुराचारको आरोप लगाएपछि उनी कतै पनि देखिएकी छैनन्। यता महासंघलाई प्राप्त भएको इमेलमा भने त्यो दुराचार असत्य भएको बताइएको थियो। तर, त्यसको केही पनि प्रमाण अहिलेसम्म उपलब्ध भएको छैन।

टेनिस महासंघका अध्यक्ष स्टिभ साइमनले एक विज्ञप्तिमा लेखेका छन्,‘मलाई त्यो मेल पेङ सुहाइले नै लेखेको हो भन्नेमा विश्वास गर्न गाह्रो भइरहेको छ।’

Laxmi sunrise bank
kumari

यससँगै महासंघका अध्यक्षसाइमनले अब जति रकम खर्च गरे पनि चीनमा टेनिसका प्रतियोगिता नहुने बताएका छन्। उनले पेङ सुरक्षित भएको प्रमाण बुझाउन नसके अर्को वर्षका कुनै पनि प्रतियोगिता चीनमा नहुने उनले बताएका छन्।

‘हामी यो केससँग सम्झौता गर्दैनौं। यो सत्य वा असत्यको कुरा हो,’ उनले भने। उनको सुरक्षाको लागि टेनिसका सेरेना विलियम्स, नोभाक जोकोविचलगात स्टारहरूले आफ्नो मत राखेका छन्। पेङको सुरक्षाको सुनिश्चितता नभईकन चीनका सबै प्रतियोगिता स्थगित गर्नुपर्नेमा धेरै स्टार खेलाडीको एकमत छ।

यता यसअघि महासंघलाई भने पेङ बेइजिङमा सुरक्षित छिन भन्ने जानकारी प्राप्त भएको थियो। चिनियाँ टेनिस महासंघले उनी सुरक्षित भएको जानकारी दिएको थियो। तर पनि त्यो कुराको ग्यारेन्टी नभएको साइमनले बताएका छन्।

हिजो शुक्रबार राति भने उनको नामको विच्याटमा तीन फोटा पोस्ट भएका छन्। त्यसमा ‘ह्याप्पि विकइन्ड’ लेखिएको छ। त्यस्तै, चीनको सीजीटीएन मिडियाले उनको स्वर राखेर आफू सुरक्षित रहेको एउटा अडियो क्लिप सार्वजनिक गरेको छ। ‘म घरमा आरामा गरिरहेको छु र सबैथोक ठिक छ,’ त्यहाँ उल्लेख गरिएको छ।

तर उनको वाईबू एकाउन्टमा उनले पूर्व उप्रधानमन्त्रीबारे पोस्ट गरेयता अन्य कुनै पोस्ट देखिएका छैनन्। २०१३ देखि २०१८ सम्म उपप्रधानमन्त्री रहेका जेङसँग उनलाई यौन सम्पर्कमा रहनका लागि दबाब दिएको थियो भन्ने पेङले आरोप लगाएकी छन्।

त्यसपछि उनी सार्वजनिक रूपमा देखिएकी छैनन्। त्यसपछि टेनिस महासंघले उनीबारे चासो बढाएको हो।

प्रकाशित: Nov 20, 2021| 09:05 शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।