आइतबार, असार २१, २०८३

टेनिस प्रतियोगितामा अभिलाषा र टेलरको जोडी पहिलो

नेपालकी अभिलाषा विष्ट र अमेरिकाकी टेलर ग्योइत्जले आईटीएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन्।
 |  शनिबार, मंसिर ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ४, २०७८

काठमाडौं– नेपालकी अभिलाषा विष्ट र अमेरिकाकी टेलर ग्योइत्जले आईटीएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन्।

पाकिस्तानको इस्लामाबादमा भइरहेको प्रतियोगिताको फाइनलमा अभिलाषा र टेलरको जोडीले रुसका ओल्गा सोरोचकिना र इकाटेरिना सुभोरोभाको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित गरे। 

सर्किट– १ को गल्र्स डबल्समा पनि अभिलाषा र टेलरको जोडी नै पहिलो भएका थिए। अभिलाषा गल्र्स सिंगल्समा पनि फाइनल पुगेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन्।

ब्वाइज डबल्समा भने नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडी उपविजेतामा सीमित बने। सर्किट– १ पनि उक्त जोडी उपविजेता बनेको थियो। 

फाइनलमा रसियाली जोडीले नेपाली जोडीलाई ४–६, ६–० र १०–६ को सेटमा हराए।

प्रकाशित: Nov 20, 2021| 08:45 शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।