आइतबार, असार २१, २०८३

राष्ट्रिय बक्सिङमा आर्मीकी मिनुले जितिन् स्वर्ण

नेपाल आर्मीकी मिनु गुरुङ प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५४ केजीमा शुक्रबार स्वर्ण जितेकी छन्।
 |  शनिबार, मंसिर ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ४, २०७८

काठमाडौं– नेपाल आर्मीकी मिनु गुरुङ प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५४ केजीमा शुक्रबार स्वर्ण जितेकी छन्।

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भएको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी मिनुले नेपाल प्रहरीकी निशा तामाङलाई पराजित गरिन्।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाताको कराते हलमा भएको प्रतियोगिताको महिला ४८ केजीमा नक्सालकी सुष्मा तामाङले एचटुओकी अस्मिता दुवाल, ५० केजीमा एपीएफकी माला राईले कास्कीकी सोनिया बरुवाल तथा ५२ केजीमा आर्मीकी ललिता महर्जनले नक्सालकी शिला राईलाई फाइनलमा हराउँदै पहिलो स्थान हात पारे।

पुरुष ४८ केजीमा आर्मीका सुशील थापाले सुर्खेतका मोहन गुरुङ, ५१ केजीमा एपीएफका प्रदीप महर्जनले आर्मीका सुवास तामाङ, ५४ केजी आर्मीका प्रेम चौधरीले भूपू बक्सिङका उपास गुरुङ, ५७ केजीमा एपीएफका पुरन राईले बक्समान्डुका सुरज महर्जन, ६० केजीमा बीएनकेबीका इन्द्रबहादुर सुनारले कञ्चनपुरका महेन्द्र चन्द तथा ६३.५ केजीमा एपीएफका सोनम सार्कीले आर्मीका दोलबहादुर चौधरीलाई पाखा लगाउँदै स्वर्ण जिते।

प्रत्येक स्पर्धाका विजेतालाई ५ सय युरो(६६ हजार ७ सय), उपविजेतालाई ३ सय युरो(४० हजार) र तेस्रोलाई २२ सय युरो(२६ हजार) नगद पुरस्कार प्रदान गरिएको थियो।

नगद पुरस्कार अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबा) का अध्यक्ष उमार क्रेम्लेभले व्यक्तिगत रूपमा उपलब्ध गराएका हुन्।

प्रकाशित: Nov 20, 2021| 08:35 शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।